
प्रधानमन्त्री शेरबहादुर देउवाको औपचारिक निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी नेपाल भ्रमणमा आउने भएका छन् ।
प्रधानमन्त्री देउवाले गत चैत १८ देखि २० गतेसम्म भएको आफ्नो भारत भ्रमणका बेला भारतका समकक्षी मोदीलाई ने पाल भ्रमणको निम्तो दिएका थिए ।
सोहीअनुसार भारतका प्रधानमन्त्री मोदी जेठ २ गते नेपाल आउन लागेका हुन् ।
जेठ २ गते बुद्ध पूर्णिमा (बुद्ध जन्मजयन्ती)का अवसरमा भारतीय प्रधानमन्त्री मोदीले विश्व सम्पदा सूचीमा सूचीकृत बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने यो जना बनाएको युनेस्कोले जनाएको छ ।
सन् २०१९ मा भारतका प्रधानमन्त्रीका रूपमा पुनः निर्वाचित भएपछि हुन लागेको उनको यो पहिलो उच्चस्तरीय नेपाल भ्रमण हो ।
सो अवसरमा नेपालका प्रधानमन्त्री देउवा र उनका समकक्षी मोदी दुवै जना लुम्बिनीमा हुने समारोहमा सहभागी हुने जनाइएको छ । गोरखापत्र दैनिकमा खबर छ ।