०७ असार २०८३, आइतबार

काठमाडौंका पालिकामा माओवादीले पाएन प्रमुख

बैशाख २१, २०७९
काठमाडौंका पालिकामा माओवादीले पाएन प्रमुख

स्थानीय तह निर्वाचनमा गठबन्धन गरिए पनि काठमाडौँका   पालिकामा   नेपाल   कम्युनिस्ट   पार्टी (माओवादी   केन्द्र)ले     प्रमुखमा   उम्मेदवारी   पाउन सकेन  ।  

काठमाडौँमा   एक   महानगर  पालिका   र     १० नगर  पालिका  छन्  । सत्ता गठबन्धनबाट प्रमुख वा उपप्रमुख नपाएपछि एकल   उम्मेदवारी   दिएको     छ  ।  

टोखा,   कीर्तिपुर, नागार्जुन,  शङ्करापुर    र    बूढानीलकण्ठ  नगर  पालिकामा माओवादीका   एकल   उम्मेदवार     छन्  ।

तारकेश्वर  , गोकर्णेश्वर र  कागेश्वरी मनोहरा   नगर  पालिकामा गठबन्धन  गरेपनि  प्रमुख  पद  पाएको    छैन  ।

१०     पालिकामध्ये       कागेश्वरी मनोहरा नगर  पालिकामा    नेपाली    काँग्रेससँग    गठबन्धन गरी   उपप्रमुखमा   उम्मेदवार     दिएको     छ  ।  

नेकपा एकीकृत  समाजवादीसँग  तारकेश्वर र गोकर्णेश्वर   नगर    पालिकामा  गठबन्धन  भएको    छ  ।

 यी  दुई  नगर  पालिकामा  प्रमुख  पद  समाजवादीलाई  दिएर    धेरै   वडामा  माओवादीले    उम्मेदवारी  दिएको    माओवादी केन्द्र   काठमाडौं   जिल्ला   इन्चार्ज   हिमाल   शर्माले   जानकारी   दिए । गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्