१३ असार २०८३, शनिबार

कर फस्र्योट आयोगका पदाधिकारीविरुद्ध ११ अर्बको बिगो, विशेष अदालतमा मुद्दा पेश

कात्तिक २०, २०७४
कर फस्र्योट आयोगका पदाधिकारीविरुद्ध ११ अर्बको बिगो, विशेष अदालतमा मुद्दा पेश

काठमाडौैं, २९ असार –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन कर फस्र्योट आयोगका पदाधिकारीविरुद्ध बिहीवार विशेष अदालतमा मुद्दा पेश गरेको छ ।

विशेष अदालतका रजिष्ट्रार भीम श्रेष्ठका अनुसार, आयोगका तीनै जना पदाधिकारीविरुद्ध १० अर्ब ९७ करोड रुपैयाँको बिगो दावी गरिएको छ ।

समय अभावका कारण ती पदाधिकारीविरुद्धको मुद्दा बिहीवार दर्ता हुन पाएन । शुक्रवार उक्त मुद्दा दर्ता हुने अदालतले जनाएको छ ।

अर्बौंको राजश्व छुट दिएर राज्यलाई नोक्सानी पुर्याएको अभियोगसहित अख्तियारले गत जेठ १९ गते शर्मालाई आन्तरिक राजश्व विभागबाटै पक्राउ गरेको थियो । त्यसयता विभिन्न पटक समय थप्दै उनीमाथि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

लुम्बध्वज महत अध्यक्ष र शर्मा र उमेश ढकाल सदस्य रहेको उक्त कर फस्र्योट आयोगमार्फत झण्डै २१ अर्ब रुपैयाँ कर मिनाहा दिएको भन्दै महालेखाले ती अधिकारीमाथि छानविन गर्न भनेको थियो ।

गत जेठमा शर्मालाई पक्राउ गरेसँगै अन्य दुई पदाधिकारी भने अहिलेसम्म पनि फरार छन् । उनीहरुमाथिको खोजी कार्य अघि जारी रहेको अख्तियारले जनाएको छ ।

मंगलवारमात्र शर्माकी श्रीमती कल्पना उप्रेती शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण अन्तर्गत रिट दायर गरेकी थिइन् । उक्त रिटमाथि बुधवार सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गर्दै अदालतमा उपस्थित गराउन निर्देशन दिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्