०९ साउन २०८३, शनिबार

नवलपरासीको हुप्सेकोटमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप, ६ जना घाइते

बैशाख २१, २०७९
नवलपरासीको हुप्सेकोटमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप, ६ जना घाइते

पूर्व नवलपरासीको हुप्सेकोटमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकताबीच झडप भएको छ ।

पूर्व नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार झडपमा परेका उम्मेदवार सहित ६ जना घाइते भएका छन् । घाइते ६ जना दुवैतर्फका हुन् । 

हुप्सेकोट गाउँपालिकामा अध्यक्षका लागि कांग्रेसकी उम्मेदवार लक्ष्मीदेवी पाण्डे र उपाध्यक्ष उम्मेदवार पूर्णसिंह रानामाथि एमाले कार्यकर्ताले मंगलवार राति आक्रमण गरेको कांग्रेसको आरोप छ ।

लक्ष्मीदेवी निवर्तमान गाउँपालिका अध्यक्ष पनि हुन् । प्रजिअ घिमिरेले लोकान्तरसँग भने, ‘घाइतेको उपचार भइरहेको छ । अहिले घटना सामान्यतर्फ उन्मुख छ । त्यसको प्रयासमा हामी छौं । उम्मेदवार र उनी सवार गाडीमा आक्रमण भएको थियो ।’

५०/६० वटा मोटरसाइकल र केही संख्यामा गाडीमा आएका एमाले कार्यकर्ताले उम्मेदवारमाथि आक्रमण गरेको कांग्रेसको दाबी छ ।

यस्तै एमालेले भने आफूहरुलाई कांग्रेसका कार्यकर्ताले आक्रमण गरेको दावी गरेको छ । यस्तै उम्मेदवार पाण्डे सवार स्कारपियो गाडीका सीसा पनि फुटाइदिएका छन् । 

झडप भएपछि नजिकै रहेको घरमा लगेर राखेको गाडीमाथि एमालेका कार्यकर्ताहरु पुगेर तोडफोड गरेको नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए । झपडमा एमालेका ३ कार्यकर्ता पनि घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको मध्यविन्दु अस्पतालमा उपचार भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्