२९ जेठ २०८३, शुक्रबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु रहेको आशंका, अनुसन्धान जारी

बैशाख २१, २०७९
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु रहेको आशंका, अनुसन्धान जारी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु रहेको आशंका गरिएको छ ।

विमानस्थलमा शंकास्पद वस्तु रहेको सूचना आएपछि अहिले आन्तरिक टर्मिनलका उडानहरू रोकिएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले शंकास्पद वस्तु रहेको सूचना पाइएपछि अहिले आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको जानकारी दिए ।

उनका अनुसार अहिले अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन जारी राखेको छ ।

उनले भने,'हामीलाई बाहिरबाट कसैले फोनमार्फत शंकास्पद वस्तु रहेको सूचना दिए । त्यसपछि हामीले अनुसन्धान गरिरहेका छौँ ।'

salt training

कमेन्ट गर्नुहोस्