×

NMB BANK
NIC ASIA

विराटनगरकी उपप्रमुख उम्मेदवार एमालेकी शिल्पाविरुद्ध सर्वोच्चमा रिट

बैशाख २१, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर महानगरपालिकाको उपप्रमुख पदमा नेकपा एमालेबाट उम्मेदवार बनेकी शिल्पा निराला कार्कीको उम्मेदवारी खारेजीे माग गर्दै सर्वाेच्चमा अदालतमा रिट दर्ता भएको छ । निर्वाचन आयोगविरुद्ध पनि रिट परेको छ । आचारसंहिताको निर्देशिका उल्लंघन गरेको भन्दै आयोगविरुद्ध पनि रिट दर्ता भएको हो । 

Muktinath Bank

मोरङको मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन आयोग काठमाडौं र एमाले उम्मेदवार कार्कीविरुद्ध विराटनगर महानगरका उपमेयर पदका उम्मेदवार अमरेन्द्र यादवले सर्वाेच्चमा परमादेश माग्दै रिट दर्ता गराएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्कीले कोशी अस्पाताल विकास समितिको सदस्य पदबाट राजीनामा नदिई उम्मेदवारी दिएको भन्दै विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा यादवले उम्मेदवारी खारेजी माग गर्दै उजुरी दिएका थिए । 


Advertisment
Nabil box
Kumari

निर्वाचन कार्यालयले उजुरकर्ताको मागदाबी नपुगेको जनाएको थियो । सर्वाेच्चमा सोमवार नै रिट दर्ता भएको यादवले बताए । 

Vianet communication
Laxmi Bank

अन्तरिम आदेश जारी नगरी मुद्दा लम्बिएर दाबी प्रमाणित भएमा भने कार्की विजयी भए पनि पद खारेज हुने यादवका अधिवक्ता पेशल आचार्यले बताए । 

कोशी अस्पताल विकास समिति सदस्यमा बहाल रहेको अवस्थामा उम्मेदवारी दिएकी कार्कीले त्यसविरुद्ध निर्वाचन कार्यालयमा उजुरी परेपछि २०७९ वैशाख ९ गतेको मिति राखेर राजीनामा अस्पतालमा बुझाएकी थिइन् । 

अस्पताल विकास समिति सदस्यको राजीनामा स्वास्थ्य मन्त्रालयले स्वीकृत गर्ने कानूनी प्रावधान  छ । उम्मेदवार कार्कीले अस्पताल पुगेपछि मात्रै राजीनामा मन्त्रालयमा बुझाउने थाहा पाएकी थिइन् । ११ वैशाखमा मन्त्रालयमा राजीनामा दर्ता गरेको प्रतिलिपि निर्वाचन कार्यालयमा पेश गरेकी थिइन् ।

कार्कीले निर्वाचन कार्यालयमा पेश गरेको राजीनामाको दर्ता नम्बर नै कीर्ते भएको मन्त्रालयले पुष्टि गरिदिएको छ । मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवले उपलब्ध गराएको आधिकारिक सूचना विवरणअनुसार कार्कीले राजीनामा स्वीकृत गरेको मिति र दर्ता नम्बरमा उक्त दिन मन्त्रालयको मूल दर्ता किताबमा सूर्य नेपाल प्रालि काठमाडौंको सूर्तीजन्य पदार्थ ऐनबारेको कागजात दर्ता भएको छ । 

वैशाख १२ गते उपप्रमुखमा उम्मेदवारी दर्ता गर्दा अस्पताल विकास समिति सदस्यबाट राजीनामा नदिएको भन्दै यादवले उजुरी दिएका थिए । उजुरीपछि उनले वैशाख ११ गते नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजीनामा बुझाएको भन्दै ७२९९ नम्बरको दर्ता नम्बरसहितको प्रतिलिपि आयोगमा बुझाएकी थिइन् ।

कार्कीले बुझाएको कागजातको आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी सदर गरिसकेको छ । मन्त्रालयको दर्ता किताबमा ७२९९ नम्बरमा सूर्य नेपाल नामक कम्पनीको पत्र दर्ता भएको छ । मन्त्रालयले ७२७८, ७२९९ र ७३०० नम्बरको दर्ता नम्बरमा सूर्य नेपाल नामक कम्पनीको पत्र दर्ता रहेको पुष्टि गरेको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कार्कीलाई अस्पताल विकास समितिको सदस्यमा मनोनीत गरेको थियो । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि गत माघ २१ गतेको उनीसहित विकास समितिका सबै पदाधिकारीलाई पदमुक्त गरेकोमा कार्कीसहित पदाधिकारी अदालत गएका थिए । 

अदालतले पुनर्बहाली गरेपछि उनीहरू पदमै कार्यरत थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा वैशाख १३ गते उजुरी परेपछि उनले अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराईलाई वैशाख ९ गतेको मितिमा राजीनामा दिएकी थिइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x