२२ जेठ २०८३, शुक्रबार

विराटनगरकी उपप्रमुख उम्मेदवार एमालेकी शिल्पाविरुद्ध सर्वोच्चमा रिट

बैशाख २१, २०७९
विराटनगरकी उपप्रमुख उम्मेदवार एमालेकी शिल्पाविरुद्ध सर्वोच्चमा रिट

विराटनगर महानगरपालिकाको उपप्रमुख पदमा नेकपा एमालेबाट उम्मेदवार बनेकी शिल्पा निराला कार्कीको उम्मेदवारी खारेजीे माग गर्दै सर्वाेच्चमा अदालतमा रिट दर्ता भएको छ । निर्वाचन आयोगविरुद्ध पनि रिट परेको छ । आचारसंहिताको निर्देशिका उल्लंघन गरेको भन्दै आयोगविरुद्ध पनि रिट दर्ता भएको हो । 

मोरङको मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन आयोग काठमाडौं र एमाले उम्मेदवार कार्कीविरुद्ध विराटनगर महानगरका उपमेयर पदका उम्मेदवार अमरेन्द्र यादवले सर्वाेच्चमा परमादेश माग्दै रिट दर्ता गराएका हुन् ।

कार्कीले कोशी अस्पाताल विकास समितिको सदस्य पदबाट राजीनामा नदिई उम्मेदवारी दिएको भन्दै विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा यादवले उम्मेदवारी खारेजी माग गर्दै उजुरी दिएका थिए । 

निर्वाचन कार्यालयले उजुरकर्ताको मागदाबी नपुगेको जनाएको थियो । सर्वाेच्चमा सोमवार नै रिट दर्ता भएको यादवले बताए । 

अन्तरिम आदेश जारी नगरी मुद्दा लम्बिएर दाबी प्रमाणित भएमा भने कार्की विजयी भए पनि पद खारेज हुने यादवका अधिवक्ता पेशल आचार्यले बताए । 

कोशी अस्पताल विकास समिति सदस्यमा बहाल रहेको अवस्थामा उम्मेदवारी दिएकी कार्कीले त्यसविरुद्ध निर्वाचन कार्यालयमा उजुरी परेपछि २०७९ वैशाख ९ गतेको मिति राखेर राजीनामा अस्पतालमा बुझाएकी थिइन् । 

अस्पताल विकास समिति सदस्यको राजीनामा स्वास्थ्य मन्त्रालयले स्वीकृत गर्ने कानूनी प्रावधान  छ । उम्मेदवार कार्कीले अस्पताल पुगेपछि मात्रै राजीनामा मन्त्रालयमा बुझाउने थाहा पाएकी थिइन् । ११ वैशाखमा मन्त्रालयमा राजीनामा दर्ता गरेको प्रतिलिपि निर्वाचन कार्यालयमा पेश गरेकी थिइन् ।

कार्कीले निर्वाचन कार्यालयमा पेश गरेको राजीनामाको दर्ता नम्बर नै कीर्ते भएको मन्त्रालयले पुष्टि गरिदिएको छ । मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवले उपलब्ध गराएको आधिकारिक सूचना विवरणअनुसार कार्कीले राजीनामा स्वीकृत गरेको मिति र दर्ता नम्बरमा उक्त दिन मन्त्रालयको मूल दर्ता किताबमा सूर्य नेपाल प्रालि काठमाडौंको सूर्तीजन्य पदार्थ ऐनबारेको कागजात दर्ता भएको छ । 

वैशाख १२ गते उपप्रमुखमा उम्मेदवारी दर्ता गर्दा अस्पताल विकास समिति सदस्यबाट राजीनामा नदिएको भन्दै यादवले उजुरी दिएका थिए । उजुरीपछि उनले वैशाख ११ गते नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजीनामा बुझाएको भन्दै ७२९९ नम्बरको दर्ता नम्बरसहितको प्रतिलिपि आयोगमा बुझाएकी थिइन् ।

कार्कीले बुझाएको कागजातको आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी सदर गरिसकेको छ । मन्त्रालयको दर्ता किताबमा ७२९९ नम्बरमा सूर्य नेपाल नामक कम्पनीको पत्र दर्ता भएको छ । मन्त्रालयले ७२७८, ७२९९ र ७३०० नम्बरको दर्ता नम्बरमा सूर्य नेपाल नामक कम्पनीको पत्र दर्ता रहेको पुष्टि गरेको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कार्कीलाई अस्पताल विकास समितिको सदस्यमा मनोनीत गरेको थियो । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि गत माघ २१ गतेको उनीसहित विकास समितिका सबै पदाधिकारीलाई पदमुक्त गरेकोमा कार्कीसहित पदाधिकारी अदालत गएका थिए । 

अदालतले पुनर्बहाली गरेपछि उनीहरू पदमै कार्यरत थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा वैशाख १३ गते उजुरी परेपछि उनले अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराईलाई वैशाख ९ गतेको मितिमा राजीनामा दिएकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्