
बलिउडमा यतिखेर अभिनेता सिद्धार्थ मलहोत्रा र अभिनेत्री कियारा आडवाणीबीचको प्रेम सम्बन्ध टुटेको खबर सनसनी छ ।
पछिल्ला केही दिनदेखि उनीहरूबीचको प्रेम सम्बन्ध टुटेको खबर बाहिरिएको हो ।
तर अहिले सिद्धार्थ र कियारा एकैसाथ देखिएका छन् । गएराति आयोजित एक पार्टीमा उनीहरू सँगै पुगेको खबर भारतीय सञ्चारमाध्यमहरूले दिएका छन् ।
ईदको अवसरमा आयोजिजट पार्टीमा पहिले कियारा पुगेकी थिइन् । त्यसको केही समयमै सिद्धार्थले त्यहाँ इन्ट्री मारे ।
कियारा र सिद्धार्थ एकै पार्टीमा सँगै पुगेपछि उनीहरूका फ्यानहरू फेरि खुशी भएका छन् । यद्यपी उनीहरूबीचको ब्रेकअपको हल्ला यतिन्जेल हल्लामात्रै छ । कियारा र सिद्धार्थ दुवै जनाले आधिकारिक रूपमा यस हल्लाबारे प्रतिक्रिया दिएका छैनन् ।