
नेपाल प्रहरीको २९ औं महानिरीक्षक (आईजी) बढुवा विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको प्रारम्भिक सुनुवाइ जारी छ।
सर्वोच्च अदालतको न्यायाधीश सुष्मलता माथेमाको एकल इजलासमा अहिले सुनुवाइ भइरहेको हो ।
धीरजप्रताप सिंहलाई प्रहरीको आईजी नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।