२१ असार २०८३, आइतबार

‘मह जोडी’को सर्ट फिल्म ‘सरी ज्वाइँ साब’ युट्युब ट्रेन्डिङमा

बैशाख २१, २०७९
‘मह जोडी’को सर्ट फिल्म ‘सरी ज्वाइँ साब’ युट्युब ट्रेन्डिङमा

वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको सर्ट फिल्म ‘सरी ज्वाइँ साब’ युट्युब ट्रेन्डिङमा परेको छ । 

४० मिनेट अवधिको यो सर्टफिल्म चार दिनअघि ‘मह जोडी’कै  ‘मह संचार’ च्यानलमार्फत सार्वजनिक गरिएको थियो । सर्टफिल्मले राम्रो भ्युज पाउँदै युट्युब ट्रेन्डिङमा परेको हो । 

बुधबार दिउँसोसम्म सर्टफिल्मले ५ लाख ५५ हजार बढी भ्युज पाउँदै युट्युब ट्रेन्डिङको शीर्ष ४ औं स्थानमा उक्लिएको छ । 

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत यो सर्टफिल्म निर्माण गरिएको हो । 

लागुऔषध कारोबारको कथामा निर्माण भएको फिल्ममा यससम्बन्धि जनचेतनामूलक सन्देश दिने प्रयास गरिएको छ । 

फिल्ममा हरिवंश आचार्य मुख्य भूमिकामा प्रस्तुत छन् । त्यस्तै मदनकृष्ण श्रेष्ठ, प्रथम क्षेत्री, नवीन लम्साल, पूर्णबहादुर शारू, बसन्त सापकोटा, नानु बस्नेत, सावित्री खड्का, दिपाशा बिसी, सविना गोपाली, बिमल खड्का, रोशनी गौतम लगायतको अभिनय छ ।

हरिवंशकै कथा, पटकथा एवं संवाद रहेको फिल्मलाई मदनकृष्ण र हरिवंश अर्थात महजोडीले निर्देशन गरेका हुन् । गोकुल अधिकारीको छायाँकन रहेको फिल्मलाई भूपेन्द्र अधिकारी र ओम खड्काले सम्पादन गरेका हुन् ।

भिडियो

salt training

कमेन्ट गर्नुहोस्