०२ असार २०८३, मंगलबार

प्रहरी जवानको रहस्यमय मृत्यु, होटेलमा भेटियो शव, महिला पक्राउ

कात्तिक २०, २०७४
प्रहरी जवानको रहस्यमय मृत्यु, होटेलमा भेटियो शव, महिला पक्राउ

धनगढी, २९ असार । कैलालीको अत्तरिया बजारमा रहेको नेचुरल ब्युटी होटेलमा बास बसेका प्रहरी जवान शेरबहादुर बुढा क्षेत्री आज होटलमै मृत फेला परेका छन् ।dead

भजनी नगरपालिका–४ घर भई इप्रका जोगबुढा डडेलधुरामा कार्यरत क्षेत्रीलाई आज बिहान मृत फेला पारिएको इप्रका अत्तरियाका प्रहरी निरीक्षक हिक्मतबहादुर बोहराले बताए । बुधबार उक्त होटलमा बास बसेका क्षेत्रीको शरीरमा कुनै घाउ र चोटपटक देखिँदैन ।
बिदा स्वीकृत गराई आफ्नो घर भजनी जाने क्रममा बाटामा पर्ने अत्तरियाको उक्त होटेलमा एक महिलासँगै उनी बास बसेको जनाइएको छ । ती महिलालाई सोधपुछका लागि प्रहरीले पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानबाट हृदयाघातका कारण निजको निधन भएको हुन सक्ने प्रहरी निरीक्षक बोहराले बताए । यद्यपि घटना रहस्यमय देखिएको छ । शव परीक्षण गरी आफन्तलाई बुझाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्