०७ साउन २०८३, बिहीबार

बिहानैदेखि काठमाडौं उपत्यकामा वर्षा, के भन्छ मौसम विभाग ?

बैशाख २२, २०७९
बिहानैदेखि काठमाडौं उपत्यकामा वर्षा, के भन्छ मौसम विभाग ?

बिहीवार बिहानै काठमाडौं, ललितपुर र भक्तपुर आसपासमा वर्षा भएको छ ।

बिहीवार बिहानैदेखि काठमाडौं उपत्यकामा छिटफुट वर्षा भएको हो ।

हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली  प्रभाव रहेको छ। 

देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम विभागले जनाएको छ ।

बिहीवार दिउँसो देशका पहाडी भू-भागमा  आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

बिहीवार राती  देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १ , मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा र बाकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्