काठमाडौंँ, ३० असार - सम्झौता भएको दुई वर्ष बितिसक्दा पनि काठमाडौंँ भ्यू टावरको निर्माण कार्य सुरु हुन सकेको छैन । प्रस्तावित १२ तल्ले भ्यू टावर निर्माणका लागि दुई वर्षअघि काठमाडौँ महानगरपालिका र जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रालिबीच सम्झौता भएको थियो, गोरखापत्रमा खबर छ । सम्झौताअनुसार पाँच वर्षभित्र निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने छ ।

सम्झौता भएको दुई वर्ष बितिसक्दा पनि काठमाडौँ भ्यू टावरको निर्माण कार्य सुरु नभएको बारे महानगरपालिका र कम्पनीको भनाइ फरक छ । काठमाडाँैं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने, ‘सम्झौताअनुसार निर्माण कम्पनीले काम गर्न सकेन, दुई वर्ष बितिसक्दा पनि निर्माण कम्पनीले निर्माण कार्य सुरु गरेको छैन । ’
महानगरपालिकाले निर्माण कम्पनीसँग सो भ्यू टावर निर्माणबारे प्रगति विवरण माग गरेको छ ।