काठमाडौं, ३० असार- शान्तिपूर्ण प्रतिस्पर्धामा आएको माओवादीदेखि 'अझै क्रान्ति आवश्यक' रहेको भन्दै अघि बढेका माओवादी घटकसम्म अहिले गम्भीर' समीक्षामा जुटेका छन् । स्थानीय तह निर्वाचनलाई आफूअनुकूल प्रयोग गर्न नसकेपछि माओवादी घटक यसरी समीक्षामा लागेका हुन्, अन्नपूर्ण पोस्टमा खबर छ ।

माक्र्सवाद, लेनिनवाद र माओवादको पहिचान अब रहने कि नरहने भन्ने स्तरसम्मको बहसमा जुटेको नेताहरूले बताउन थालेका छन् । माओवादी केन्द्रमा संसद्वादी शक्तिभन्दा आफूहरू कुन अर्थमा फरक रह्यो भन्ने बहस उठ्न थालेको छ । नेकपामा निर्वाचनले 'प्रतिक्रियावादी सत्ता' झन् सुदृढ भएको भन्ने बहस सुरु भएको छ । माओवादी केन्द्र, क्रान्तिकारी माओवादी, नयाँ शक्ति निर्वाचनमा सहभागी भएका थिए । नेकपाले भने निर्वाचन बहिष्कारको नीति अवलम्बन गरेको थियो ।
कुन दल के गर्दै छ ?माओवादी केन्द्र
२ साउनदेखि सचिवालयको विस्तारित बैठक आह्वान ।
क्रान्तिकारी माओवादी
२५ असारदेखि पार्टी केन्द्र्रीय समिति बैठकमा ।
नयाँ शक्ति
साउन ९ र १० गते केन्द्रीय कार्यालयको बैठक आह्वान । ११ र १२ गते गते केन्द्रीय परिषद् बैठक ।
नेकपा
स्थायी समिति बैठक सम्पन्न । साउन पहिलो साता केन्द्रीय समिति बैठक बोलाउने तयारी ।