०८ असार २०८३, सोमबार

बाहिरी चक्रपथ निर्माणमा अवरोध

कात्तिक २०, २०७४
बाहिरी चक्रपथ निर्माणमा अवरोध
काठमाडौं, ३० असार राष्ट्रिय महत्वको आयोजनाका रूपमा रहेको बाहिरी चक्रपथ निर्माणमा अवरोध उत्पन्न भएको छ, अन्नपूर्ण पोस्टमा खबर छ ।
६ अर्ब रुपैयाँ लागतमा निर्माण हुने भनिएको बाहिरी चक्रपथको चोभार-सतुंगल ६ किमि खण्डको निर्माण प्रक्रिया अगाडि बढाउने काम सहरी विकास मन्त्रालयमै गएर अड्किएको छ ।
चक्रपथ निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भई राजपत्रमा सूचनासमेत प्रकाशन भइसकेको आयोजनाको पहिलो खण्डको काम अगाडि बढाउन जग्गा रोक्का राख्ने सूचना प्रकाशनमा जिल्ला प्रशासन कार्यालयले मन्त्रालयको सहमति खोजेपछि मन्त्रालयले राय दिन आलटाल गरेको हो ।

सहरी विकास सचिव दीपेन्द्रनाथ शर्माका अनुसार काम रोकिएको छैन, आवश्यक प्रक्रिया अगाडि बढाइएको मात्र हो । कानुनी राय मागिएकाले यसलाई प्रक्रियामा राखिएको सचिव शर्माले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्