१२ साउन २०८३, मंगलबार

एमालेको झण्डा टाँगिएपछि प्रदेश सांसद चौधरी चढेको गाडी नियन्त्रणमा

बैशाख २५, २०७९
एमालेको झण्डा टाँगिएपछि प्रदेश सांसद चौधरी चढेको गाडी नियन्त्रणमा

नेकपा एमालेका सुदूरपश्चिम प्रदेश सांसद नेपालु चौधरीले चढ्दै आएको सरकारी गाडी नियन्त्रणमा लिएको छ ।

निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै उनी चढ्दै आएको सरकारी गाडी स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् ।

प्रदेश सांसद चौधरी सवार से१झ ३०७ नम्बरको गाडी धनगढी उपमहानगरपालिका १९ जे गाउँबाट शनिबार राति करिब ९ बजेको समयमा नेपाली कांग्रेस सम्बद्ध युवाहरूले नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएका हुन् । 

स्थानीयका अनुसार सो गाडीमा नेकपा एमालेको झण्डा समेत टाँगिएको अवस्थामा फेला पारिएको थियो । 

जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी नायव उपरीक्षक वेदप्रकाश चौधरीका अनुसार सो गाडी बहुलिया प्रहरी चौकीमा राखिएको छ । साथै घटनाबारे थप अनुसन्धानको काम जारी रहेको उनको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्