१३ असार २०८३, शनिबार

११ लाख ३७ हजार रुपैयाँको युरिया मल बरामद

बैशाख २५, २०७९
११ लाख ३७ हजार रुपैयाँको युरिया मल बरामद

भन्सार छलेर ल्याइएको ५३ बोरा युरिया मल महोत्तरी प्रहरीले बरामद गरेको छ ।

बर्दिबास   नगरपालिका–३   स्थित   बीपी   लोकमार्ग सडक खण्डबाट इलाका प्रहरी कार्यालय बर्दिबासको  टोलीले  पिकअप  गाडीमा  राखेर  दक्षिणबाट उत्तरतर्फ लग्दै गरेको अवस्थामा ५३ बोरा भारतीय युरिया मल बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए  ।

प्रहरी  नायब  उपरीक्षक  विष्टका  अनुसार  प्र.  २–०४००१ च. ००३६ नम्बरको पिकअप गाडीलाई रोकेर प्रहरीले चेकजाँच गर्दा सो मल बरामद भएको हो ।

बरामद भएको मलको बजार मुल्य ३७ हजार एक सय रहेको र पिकअपको मूल्य ११ लाख गरी जम्मा ११ लाख ३७ हजार एक सय बराबर रहेको उनले बताए । पिकअपका   चालक   प्रेमबहादुर   थापा   र   पिकअपसमेतलाई   नियन्त्रणमा   लिई   इप्रका   बर्दिबासमार्फत कारबाहीका लागि जलेश्वर भन्सार कार्यालय पठाइएको प्रहरी नायब उपरीक्षक विष्टले बताए  । गोरखापत्र दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्