०७ असार २०८३, आइतबार

ट्र्याक्टर पल्टिएर युवकको मृत्यु

बैशाख २५, २०७९
ट्र्याक्टर पल्टिएर युवकको मृत्यु

सप्तरीको बोदेबर्साइन नगरपालिका–७ मानराजामा ट्रयाक्टर पल्टिएर आज एक युवकको ज्यान गएको छ ।

मृत्यु हुनेमा स्थानीयवासी राजीन पौदारका १९ वर्षीय छोरा शिवकुमार पौदार रहेको प्रहरीले जनाएको छ ।

सोही ठाउँको (केराबारी)मा माटो लिएर फर्किँदै गरेको अवस्थामा प्रदेश २–०१–००१त २००१ नम्बरको ट्रयाक्टर पल्टिएर उनको घटनास्थलमै मृत्यु भएको स्थानीयवासी उमेश साहले जानकारी दिए । 

कमेन्ट गर्नुहोस्