×

Nic Asia
Marvel

मुटु तथा फोक्सो रोग विशेषज्ञ चिकित्सकको राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडाैं | बैशाख २५, २०७९

TVS INSIDE

देशभरिका मुटु तथा फोक्सो रोग विशेषज्ञको एकदिने राष्ट्रिय सम्मेलन यहाँ सम्पन्न भएको छ । 

IME BANK INNEWS
morang Auto yamaha

नेपाल राष्ट्रिय मुटु तथा फोक्सो रोग समाजको आयोजनामा सम्पन्न सो सम्मेलनमा देशभरका १६८ विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहेको थियो । सम्मेलनमा मुटु तथा फोक्सो रोगसम्बन्धी विशेषज्ञहरूको अनुभव आदान–प्रदानसँगै नयाँ प्रविधिका बारेमा समेत विशेष छलफल गरिएको कार्यक्रम संयोजक एवं समाजका महासचिव डा शङ्कर लौडारीले जानकारी दिए ।


Advertisment
NMB BANK
Saurya island

सम्मेलनमा विश्व र नेपालमा मुटुरोगको अवस्था, रोगका कारण, विश्वमा रोग पत्ता लगाउन र उपचारमा नवीनतम प्रविधि, मुटुरोगबाट बच्नका लागि अपनाउनुपर्ने विधिका बारेमा छलफल भएको उनले जानकारी दिए । 

समाजका अध्यक्ष प्रा डा मणिप्रसाद गौतमले अहिले नेपालमा मुटु तथा फोक्सो रोगसम्बन्धी विशेषज्ञ चिकित्सक दिन प्रतिदिन थपिँदै गएको भन्दै नयाँ–नयाँ प्रविधिका बारेमा अनुभव आदान–प्रदानको माध्यमबाट थप प्रभावकारी उपचारमा यो सम्मेलन फलदायी भएको बताए ।

Vianet communication
Maruti inside

वंशाणुगत, अस्वस्थकर खानपान र जीवनशैलीका कारण नेपाललगायत विश्वभर दिन प्रतिदिन मुटुका बिरामी बढ्नुका साथै कयौँले अकालमा मृत्युवरण गरिरहेको सो अवसरमा बताइएको थियो । हृदयघात विश्वमा मृत्युको मुख्य कारणमध्ये एक हो । जसलाई पनि, जतिबेला पनि हृदयघात भन्दै  मुटुरोगी यसको सबैभन्दा बढी जोखिममा हुने बताइएको छ । 

सम्मेलनमा मुटु तथा फोक्सो रोगसम्बन्धी २६ वटा वैज्ञानिक शोधपत्र प्रस्तुत गरिएको थियो । शोधपत्रमार्फत चिकित्सकले मुटु तथा फोक्सोसम्बन्धी विभिन्न रोग, त्यसको निदान तथा उपचार विधिबारे जानकारी दिइएको थियो । राज्यलाई पनि प्रस्तुत वैज्ञानिक शोधपत्रले नेपालमा मुटुरोगको अवस्था, समस्या र प्रविधिबारे जानकारी मिल्ने समाजका उपाध्यक्ष डा सुधीर रेग्मीले बताए ।

कार्यक्रममा उठेका जिज्ञासा तथा प्रश्नमाथि विशेष छलफल गरिएको थियो । कार्यक्रममा मुटुरोग विशेषज्ञ, मुटु शल्य चिकित्सक, फोक्सोरोग विशेषज्ञ, भास्कुलर सर्जन, फिजिसियन, नर्स, प्यारामेडिक्सलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कार्डियाक सोसाइटीका अध्यक्ष प्रा डा विजय राजवंशी, सिमोनका अध्यक्ष प्रा डा अरुण मास्के, प्रा डा दिवाकर शर्मा, प्रा डा रोशन राउत, डा श्यामराज रेग्मीलगायतका मुटुरोग विशेषज्ञहरूको सहभागिता थियो । सो अवसरमा वैज्ञानिक शोधपत्र प्रस्तुत गर्ने चिकित्सक एवं अन्य चिकित्सकहरूलाई सम्मान पनि गरिएको थियो । 

समाजले पहिलोपटक यो सम्मेलनको आयोजना गरेको बताइएको छ । 
 

TATA Below
NLIC
जेठ १३, २०७९

 जाडोमा गाजर खान खुबै मज्जा हुन्छ । दिनदिनै काँचो गाँजर खाँदा वा त्यसको जुस पिउँदा स्वास्थ्यसम्बन्धी अनेकौं समस्या समाधान हुन्छ । औषधीय गुणहरूले भरिएको गाजरले जाडोमा फाइदा पनि गर्छ । दिनदिनै गाजर खानुक...

जेठ १३, २०७९

विश्वका धेरै मुलुकमा देखापरेको मंकीपक्स रोगको जोखिममा नेपाल पनि रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नेपालमा जोखिम भए पनि अहिलेसम्म मंकीपक्सका संक्रमित फेला नपरेका ...

जेठ ११, २०७९

स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिले शपथ लिने र पदभार ग्रहण गर्नेक्रम जारी छ । हुम्लाका कतिपय जनप्रतिनिधिले पदभार ग्रहण गर्दा तलबभत्ता नलिने घोषणा गरेका छन् । तलब भत्ता सामाजिक काममा लगानी गर्ने अदनचुली ...

जेठ ११, २०७९

गैरआवासीय नेपाली संघको विश्व स्वास्थ्य समितिले मंकिपक्सको सम्भावित फैलावटबारे विश्वभरका नेपालीलाई सचेत गराउँदै एक प्रेस विज्ञप्ति जारी गरेको छ । विशेषगरी पश्चिमी युरोपमा रहेका नेपालीलाई मंकिपक्स भाइरल संक्रमणबा...

जेठ ९, २०७९

मंकीपक्सको संक्रमण फैलिनसक्ने भन्दै सरकारले विशेष सावधानी अपनाउन आम नागरिकहरुलाई आग्रह गरेको छ  । अहिले विश्वमा मंकीपक्सको संक्रमण फैलिरहेकोले नेपालमा पनि सम्भावित खतरा हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहेर...

जेठ ११, २०७९

व्यस्त जीवनशैली, गलत खानपिन र तनावका कारण पेट खराब हुन थाल्छ । यसको खराब असर हाम्रो पाचनप्रणालीमा पर्छ । यो समस्याबाट मुक्तिका लागि घरेलु उपाय नै भेटिन्छन् । दिनदिनै यी उपाय अपनाएर पाचनप्रणालीलाई सुधार्न सक...

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

जेठ १३, २०७९

नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...

यौन अपराधमा हदम्याद : नेपालको कानून र अन्तर्राष्ट्रिय अभ्यास

यौन अपराधमा हदम्याद : नेपालको कानून र अन्तर्राष्ट्रिय अभ्यास

जेठ १२, २०७९

जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

जेठ १०, २०७९

केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...

ad
x