१२ साउन २०८३, मंगलबार

माओवादीसँग मिल्ने सम्भावनाबारे ओलीको जवाफ– कांग्रेसभन्दा हाम्रो क्रय शक्ति बढी छ

बैशाख २५, २०७९
माओवादीसँग मिल्ने सम्भावनाबारे ओलीको जवाफ– कांग्रेसभन्दा हाम्रो क्रय शक्ति बढी छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचनमा माओवादीलाई फकाउन कांग्रेसभन्दा आफ्नो शक्ति धेरै भएको बताएका छन् । 

गठबन्धन भत्किने ओलीको भविष्यवाणीसँगै माओवादीसँग मिल्ने कुरा छ भनेर सोधेको प्रश्नमा ओलीले माओवादीको नामै नलिई विम्ब प्रयोग गरेका हुन् ।

‘जसको ठूलो कचौरामा दूध भात देख्छ, बिरालो उतै जान्छ, यति भन्न चाहन्छु हाम्रो क्रय शक्ति कांग्रेसको भन्दा बढी छ,’ आइतवार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा ओलीले भने । 

अध्यक्ष ओलीले अहिलेको सत्ता गठबन्धन असार १७ भन्दा पछि नजाने भन्ने कुरा ज्योतिषीको भविष्यवाणी भएको टिप्पणी गरे । 

salt training

कमेन्ट गर्नुहोस्