२४ असार २०८३, बुधबार

पोखराको कार्यक्रम सकेर दाङ पुगे प्रधानमन्त्री देउवा

बैशाख २५, २०७९
पोखराको कार्यक्रम सकेर दाङ पुगे प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी सभालाई सम्बोधन गर्न दाङ पुगेका छन् । 

पोखरामा आइतवार दिउँसो भएको चुनावी सभालाई सम्बोधन गरेर देउवा कांग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न दाङको तुलसीपुर पुगेका हुन् । 

नेपाली कांग्रेसले २१ गतेदेखि नै चुनावी सभा आयोजना गर्दै आइरहेको छ ।

सोही शिलशिलामा आज पोखरा र तुलसीपुरमा चुनावी सभा आयोजना गरिएको हो । 

तुलसीपुरमा चुनावी सभा सकेर देउवा धनगढीतर्फ प्रस्थान गर्नेछन् । 

कांग्रेसले सोमवार धनगढीमा आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न देउवा धनगढी जान लागेका हुन् ।

 

salt training

कमेन्ट गर्नुहोस्