३२ असार २०८३, बिहीबार

मतसंकेत गर्न नसक्ने मतदाताले कसरी भोट हाल्ने ? यसो भन्छ निर्वाचन आयोग

बैशाख २५, २०७९
मतसंकेत गर्न नसक्ने मतदाताले कसरी भोट हाल्ने ? यसो भन्छ निर्वाचन आयोग

निर्वाचन आयोगले भोट हाल्न नसक्ने मतदाताका लागि सहयोगी राख्न सक्ने व्यवस्था गरेको छ । 

दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरू कुनै कारणले आफैं मतसंकेत गर्न नसक्ने भएमा एकाघरको परिवार सदस्य सहयोगीको रुपमा मतदाताले राख्न सक्नेछन् । 

मतदाताले त्यस्तो व्यक्तिलाई भोट हाल्ने गोप्य स्थानमा लैजान चाहेमा मतदान अधिकृतले अनुमति दिनुपर्ने प्रावधान छ । 

मतदान अधिकृतले ती व्यक्ति आफैं मतदान गर्न असमर्थ व्यक्ति हो वा होइन भन्ने यकीन गरेर मात्र अनुमति दिनुपर्ने आयोगले जनाएको छ । तर, सहयोगीले मतदाताको इच्छाअनुसारकै व्यक्तिलाई भोट हाल्नुपर्नेछ । 

कुनै मतदाताको कुनै एकाघरको परिवारको सदस्य उसको वारिस नभई सहयोगी मात्र भएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
 

salt training

कमेन्ट गर्नुहोस्