१२ साउन २०८३, मंगलबार

घरदैलोका क्रममा मिठाइ खाँदा ३ उम्मेदवार बिरामी परेपछि प्रहरीले भन्यो- यस्ता घटनाबाट सुरक्षित रहनू

बैशाख २५, २०७९
घरदैलोका क्रममा मिठाइ खाँदा ३ उम्मेदवार बिरामी परेपछि प्रहरीले भन्यो- यस्ता घटनाबाट सुरक्षित रहनू

सर्लाहीमा घरदैलोका क्रममा मिठाइ खाँदा उम्मेदवार बिरामी परेपछि नेपाल प्रहरीले यस्ता घटनाबाट सुरक्षित रहन आग्रह गरेको छ । 

आइतवार सार्वजनिक सूचना जारी गर्दै अपरिचित व्यक्तिबाट सगुन खाँदा बेहोस हुने र चक्कर लागेर ढल्ने जस्ता घटना भएकाले यस्ता घटनाबाट जोगिन भनेको हो । 

सूचनामा निर्वाचनजस्तो संवेदनशील समयमा यस्ता घटनाहरूबाट सुरक्षित रहन र त्यस्तो सूचना भए नेपाल प्रहरीलाई तत्काल जानकारी गराउन आग्रह पनि गरिएको छ । 

सर्लाहीको हरिवन नगरपालिका-११ मा घरदैलोको क्रममा मिठाइ खाँदा माओवादीका वडाध्यक्षका उम्मेदवारसहित ३ जना बिरामी परेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्