
वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै काठमाडौंमा मदिरा बिक्रीवितरणमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले आइतवार सूचना जारी गर्दै वैशाख २७ गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन नगर्न/नगराउन अनुरोध गरेको हो ।
साथै मतदानको दिन अत्यावश्यक सेवामा सञ्चालित र अनुमति लिएका सवारीसाधनहरूबाहेक अन्य सवारीसाधनहरू बिहान ६ बजेदेखि मतदान सम्पन्न नभएसम्म सञ्चालनमा रोक लगाइएको छ ।
सूचनाविपरीतका कार्य गरेमा कानूनबमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।
