
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपालको राजनीतिमा कांग्रेसले सबैलाई मिलाउने काम गरेको बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ मा आज आयोजित चुनावी कोणसभामा उहाँले सबैलाई मिलाएर लैजान सक्ने क्षमता कांग्रेससँग मात्र रहेको जिकिर गरे ।
नेता पौडेलले समाजमा विभाजन नभई एकता कायम गर्ने कांग्रेसको मूल ध्येय रहेको बताए । उनले भने, “बहुदलीय लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न, संविधान कार्यान्वयन गर्न सबैलाई मिलाएर हिँड्न चाहन्छौँ । कम्युनिष्ट पार्टीका नेताहरु कांग्रेसको नेतृत्व स्वीकार गरेर गठबन्धन गर्न आउनुभएको छ ।”
नेता पौडेलले एकताको विकास गर्नका लागि राजनीतिक धु्रवीकरण बढाउने नभई घटाउनेतर्फ कांग्रेस लागेको उल्लेख गरे ।