२५ असार २०८३, बिहीबार

वैद्य  माओवादीका केन्द्रीय नेता ज्ञवालीलगायत माओवादी केन्द्रमा प्रवेश

बैशाख २५, २०७९
वैद्य  माओवादीका केन्द्रीय नेता ज्ञवालीलगायत माओवादी केन्द्रमा प्रवेश

माओवादी जनयुद्धमा सहभागी स्थापित नेताहरु मोहन वैद्य र नेत्र विक्रम चन्द नेतृत्वको पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । वैद्य माओवादीको केन्द्रीयस्तरमा रहेका वरिष्ठ साहित्यकार इश्वरचन्द्र ज्ञवाली र मजदुर नेता बद्री बजगाईको नेतृत्वमा दर्जनौं नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनीहरुलाई आज माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा स्वागत गरिएको थियो ।
सो अवसरमा पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता तथा साहित्यकार ज्ञवालीले नेपालमा माओवादी पार्टी, आन्दोलन र क्रान्तिको नेतृत्व प्रचण्डबाट मात्रै सम्भव देखेकाले आफूहरुले पार्टी प्रवेश गरेको बताएका थिए ।

 उनले आफू पुरानै घर फर्कन पाउँदा हर्ष समेत व्यक्त गरेका थिए । काठमाडौंका स्थायी बासिन्दा ज्ञवाली विश्वविद्यालयको प्राध्यापन छाडेर माओवादी जनयुद्धमा सामेल भएका थिए । उनले थुप्रै साहित्यहरु रचना गर्नु साथै अनुवाद र समालोचना समेत गरेका छन् । उनले माओवादी जनयुद्धकालमा सञ्चालित रेडियो जनगणतन्त्र नेपालमा समेत नेतृत्वदायी भुमिका निर्वाह गरेका थिए ।
त्यसै गरी मजदूर नेता बद्री बजगाईं माओवादी मजदूर आन्दोलनका शसक्त नेतृत्व गर्नेमध्ये एक थिए । उनी पनि माओवादी भित्र वैचारिक र बौद्धिक नेताको रुपमा स्थापित थिए  । उनी पनि काठमाडौंका स्थायी बासिन्दा हुन् । उनीहरुसँगै विप्लव समूहका नेताहरु प्रवेश गरेका थिए । कार्यक्रममा माओवादी नेता हितमान शाक्यलगायतको उपस्थिति रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्