२७ असार २०८३, शनिबार

काँग्रेस नेता गिरी घाइते

बैशाख २५, २०७९
काँग्रेस नेता गिरी घाइते

नेपाली काँग्रेसका नेता किरण गिरी लडेर घाइते हुन पुगेका छन् । चुनावी घरदैलोका क्रममा आइतबार एक्कासी लड्न पुगि उनी घाइते भएका हुन् । काठमाडौंको जिल्ला नागार्जुन नगरपालिका वडा नम्बर ७ मा घरदैलो कार्यक्रमका क्रममा बाटोमा अल्झिएर उनी लड्न पुगेका थिए । उनको टाउकोमा चोट लागेको छ । 

 गिरी काँग्रेस पार्टी केन्द्रीय निर्वाचन परिचालन समिति अन्तर्गत आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमितिको सदस्य हुन् । उनी यसअघि राप्रपाबाट काँग्रेस प्रवेश गरेपनि केन्द्रीय सदस्य पनि भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्