०६ असार २०८३, शनिबार

आफ्नो बिहेमा मरिसकेको छोरो भेटेपछि ...

कात्तिक २०, २०७४
आफ्नो बिहेमा मरिसकेको छोरो भेटेपछि ...
जब बेहुली केलीले आफ्नो विवाहको बीच बेकी टर्नीलाई एक विशेष उपहार दिए त्यसलाई देखेर उनी छक्क परिन् ।
शुक्रबार अलास्कामा भएको विवाह समारोहमा बेकीको वितेका छोरा उपस्थित थिएनन् तर उनको मुटु त्यहाँ थियो ।
बेकीको छोरा ट्रिट्सन सन् २०१५ मा १९ वर्षको उमेरमा बितेका थिए ।

उनको छोराको मुटु प्रत्यारोपण गरेका युवक ज्याकव किल्वीलाई भेटाएर केलीले बेकीलाई अचम्मित पारेका हुन् । केलीले आफूले बेकीलाई भेटाउने बारे चार पाँच महिना पहिले नै ज्याकवसँग सल्लाह गरेको बीबीसीले उल्लेख गरेको छ । उनले सबैलाई आफ्ना अंग दान गर्नुपर्ने प्रेरणा दिएको बताएका छन् ।

४० वर्षकी बेकीले पनि आफ्नो छोराको मुटु प्रत्यारोपण गरेका ज्याकवको धडकन स्थेस्कोप लगाएर सुनेकी थिइन् । उनको यही तस्बिर अहिले सामाजिक सञ्जालमा निकै फैलिएको छ । ज्याकवले आफू निकै भावुक भएको बताएका छन् । ‘यो प्रेम र दुई परिवारको मिलन थियो’ उनले भने ।

बेकीले आफ्नो फेसबुक पेजमा विवाह उनको जविनको सवैभन्दा महत्वपूर्ण दिन भएको लेखेकी छिन् । ज्याकोबलाई सम्बोधन गर्दै उनले सवैभन्दा सानदार उपहार दिएकोमा बधाइ र धन्यवाद दिएकी छिन् ।
ज्याकव बिहेको समारोहमा उपस्थित हुन ४ हजार ८ सय किलोमिटरको यात्रा गरेर आएका थिए । उनी बेहुलाका नातेदारको रुपमा त्यहाँ आएका थिए ताकी बेकीलाई सरप्राइज दिन सकियोस् ।

salt training

कमेन्ट गर्नुहोस्