२३ असार २०८३, मंगलबार

मकै छर्ने चटारो

बैशाख २६, २०७९
मकै छर्ने चटारो
फाइल तस्वीर

सर्लाहीको  उत्तरी  चुरे  भेगका  किसानलाई यतिखेर मकै छर्ने चटारो छ ।

चुरे भेगमा पर्ने नारायणखोला, पत्थरकोट,  अत्रौली,  कालिञ्जोर,  परवानीपुरलगायतका क्षेत्रका किसान मकै  रोप्न  व्यस्त  भएका  हुन्  ।

किसानले अहिले रोपेको मकै साउन अन्तिममा  भित्र्याउँछन्  र  त्यसपछि  धान रोप्छन् । पर्याप्त  वर्षा  भएपछि  स्थानीय  तह निर्वाचनको मुखमै किसानलाई मकै रोप्न भ्याइनभ्याइ भएको हो ।

चुरे भेगमा सिँचाइको पर्याप्त सुविधा नहुँदा आकाशे वर्षाको भरमा खेती गर्नुपर्ने बाध्यता रहेको छ ।

बागमती  सिँचाइको  नहरबाट  जिल्लाको पश्चिमी र दक्षिणी भेगमा मात्रै सिँचाइ सुविधा पुगेको छ । पूर्वी भेगका किसानले पम्पिङसेट चलाएर सिँचाइ गर्दै आएका छन् ।

चुरे  भेगमा  पर्ने  लालबन्दी  नगरपालिका–१४,  नारायणखोलाका  किसान पदमबहादुर तामाङले केही दिनदेखि पर्याप्त आकाशे वर्षा भएपछि बाझो  खेतबारी  जोतेर  धमाधम  मकै रोप्ने काम भइरहेको जानकारी दिए ।

अधिकांश  किसानले  ट्याक्टरले  जोतेर  मकै  रोपिरहेका  छन् । ट्याक्टर पुग्न नसक्ने भिरालो जग्गामा भने अहिले पनि गोरु लगाएर खेतबारी  जोत्ने  प्रचलन  रहेको  तामाङले बताउनुभयो । कृषि  ज्ञान  केन्द्र  मलङ्गवा  सर्लाहीका  प्रमुख  कमलदेवप्रसाद  कुशवाहाले चुरेभेगमा अन्य बालीको तुलनामा मकै खेतीको उत्पादन राम्रो हुने गरेको बताए । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्