
‘हामी अटेरी’ भन्ने गीत सोमवार सार्वजनिक भएको छ । अटेरी अभियानको चुनावी अभियानलाई सहयोग पुर्याउने उद्देश्यले सो गीत सार्वजनिक गरिएको हो ।
स्वतन्त्र उम्मेदवारी दर्ता गराएका अटेरी अभियानका उम्मेदवारले देशका अधिकांश ठाउँमा ‘लोरौ’लाई आफ्नो चुनाव चिह्नका रुपमा प्रयोग गरेका छन् ।
भिडियोमा पनि ‘लौरो’को प्रचार गरिएको छ । गीतमा भ्रष्टाचारको विरोध गरिएको छ ।
गीत प्रेम बाबा र दानवले लेखेका हुन् भने प्रस्तुति पनि उनीहरूकै रहेको छ ।