बैशाख २६, २०७९
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला विराटनगर महानगरपालिकामा आफ्नो उम्मेदवार जिताउने भरमग्दुर प्रयासमा छन् । नागेश कोइरालाई उम्मेदवार बनाउन सम्पूर्ण शक्ति लगाएका कोइरालाई विराटनगरमा जीत निकाल्नु पार्टीभित्रै...
विराटनगर | बैशाख २६, २०७९
प्रदेश १ को एक मात्र महानगरपालिका विराटनगरमा नेकपा एमालेबाट सागर थापा मेयर पदका उम्मेदवार छन् ।
कांग्रेसको परम्परागत गढ विराटनगरमा मेयर बन्छु भनेर प्रतिस्पर्धामा उत्रिएका थापा आफूलाई भुइँमान्छेका रूपमा चित्रित गर्छन् ।
आफ्नो यही भुइँमान्छे छविका कारण जनताले जिताउने उनको विश्वास छ । एमाले उम्मेदवार थापासँग लोकान्तर लागि विन्देश दहाल र उद्धव थापाले अन्तर्वार्ता गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
चुनावी प्रचारप्रसारमा हुनुहुन्छ । कत्तिको थकाइ छ ?
थकाइ छैन, उत्साह छ । अहिले नै थाकियो भने विराटनगर कसरी बन्छ ?
विराटनगरका मतदाताले तपाईंलाई मेयर किन बनाउने ?
विराटनगरलाई सबभन्दा बढी बुझ्ने मान्छे म हो । म एउटा भुइँमान्छे हो र भुइँमान्छेले भुइँको समस्या सबैभन्दा बढी बुझ्छ । हाम्रो पार्टीले जनतासँग एमाले भन्ने अभियान चलायो । त्यो अभियान चलाउँदा हामीले जनताका समस्याहरू बुझ्न पायौं । जनप्रतिनिधिले गरेको कामको समीक्षा हामीले घरदैलोका क्रममा गर्यौं । हामीले उनीहरूको अधुरो संकल्प संकलन गर्यौं । अनि त्यही अधुरो रहेका कामहरू समेटेर हामीले घोषणापत्र जारी गर्यौं । जनताका समस्यालाई नै हामीले घोषणापत्रमा समावेश गरेका हौं ।
त्यसैले आजका मितिमा जनताका समस्या बुझेको मान्छे र सहज पहुँच भएको मान्छे सागर थापा नै हो । म हिजो यहाँ सत्तामा नहुँदा पनि बोलेको कुरा पूरा गर्ने भनी यहाँका मानिसले बुझेका छन् । विराटनगरको माटोले खोजेको मान्छे मै हुँ । मलाई भुइँमान्छे भनेर स्थानीयहरूले टाइटल दिनुभएको छ । भुइँका समस्या सर्लक्क टिपेर समाधान गर्न सक्ने मान्छे भनेर मलाई जनताले नै यो टाइटल दिनुभएको हो ।
तपाईंलाई जनताले गरेको यो विश्वास मतपत्रमा देखिनुपर्यो । त्यस्तो देखिने वातावरण कत्तिको बनेको छ ?
बनिसकेको छ । समस्यै छैन । आजको दिनमा तपाईंले सर्भे गर्नुभयो भने भारी मतका साथ चुनाव जित्दैछु म । दलीय गठबन्धन एकातिर छ, जनताको गठबन्धन मसँग छ ।
प्रतिस्पर्धीभन्दा कति प्रतिशत मतले तपाईं अघि हुनुहुन्छ ?
आजको दिनमा म ६० प्रतिशतले अगाडि छु । गठबन्धनभन्दा म निकै अगाडि छु ।
प्रतिस्पर्धामा गठबन्धन छ । तैपनि तपाईं उनीहरूभन्दा अगाडि छु भनिरहनुभएको छ ।
जीत त सुनिश्चित छ । मेरो पक्षमा शतप्रतिशत माहोल छ । अनि मतको कुरा गर्नुहुन्छ भने म ६० प्रतिशत अगाडि छु । झरेका मतको सदर बदर गरेर आजको मितिमा म ६० प्रतिशत अगाडि छु । मसिनो ढंगले जनताको समस्या बुझेको छु । त्यस समस्यालाई कसरी अवतरण गर्ने हो, त्यो बुझेको छु । गठबन्धनको उम्मेदवार एउटा भए पनि वास्तवमा गठबन्धनको उम्मेदवार सागर थापा हो भन्ने कुरा बजारमा चर्चाको विषय बनेको छ ।
गठबन्धनका दलबाट बागी उम्मेदवार उठेका छन् । यसको अर्थ हुन्छ, जनताले मतदाताले यो गठबन्धन रुचाएका छैनन् । केन्द्रमा रहेको गठबन्धनले विकास रोकेको छ । यहाँ पनि गठबन्धनले विकास रोक्छ भन्ने कुरा यहाँका जनतालाई थाहा छ । गठबन्धनका विरुद्ध उनीहरूकै साथीभाइहरू सडकमा निस्किसके । त्यसैले मलाई विश्वास छ, जनता मेरो पक्षमा हुनुहुन्छ ।
विराटनगर औद्योगिक क्षेत्र हो । यहाँ अलि सम्पन्न मानिसहरूको बसोबास छ । तपाईं यहाँ भुइँमान्छे हुँ भन्दै आउनुभएको छ । तपाईंको एजेन्डा बिक्छ त ?
बिकिसक्यो । यो विराटनगर सम्पन्न व्यक्तिहरूको माझमा रहेका विपन्नहरूको शहर हो । यहाँ २० हजार भूमिहीन सुुकम्बासीहरू केसलियाको किनारमा, नहरको डिलमा छन् । हामी उनीहरूलाई डिलमा हैन, आफ्नो दिलमा राख्न चाहन्छौं । ती सुकुम्बासीहरूलाई पाँच वर्षभित्र मैले घर बनाएर दिन सकिनँ भने म आफ्नो घर बनाउदिनँ भनेको छु । अहिले पनि म घरबारविहीन छु । म आफैं डेरामा बस्दैछु । त्यसैले मैले वास्तविक सुकुम्बासीलाई घर बनाएर नबसाउन्जेल आफ्नो घर पनि नबनाउने संकल्प गरेको छु ।
कसैसँग दानदातव्य मागेर मैले सुकुम्बासीलाई घर बनाउने हैन । योजना बनाएर जाने हो । त्यो घर बनाउने कुरामा म ढुक्क छु । त्यसैले महानगरको यो निर्वाचनमा हामी अग्रगतिमा छौं ।
यो निर्वाचनमा तपाईं विजेता भएपछि महानगरमा देखिनेगरी पाँचवटा प्रमुख कामहरू के के गर्नुहुन्छ ?
पहिलो, यस अस्थायी राजधानीलाई स्थायी बनाउनका लागि चाहिने सामग्री के–के हुन् त्यो हामी उपलब्ध गराउँछौं । दोस्रो, पाँच वर्षभित्र सुकुम्वासीमुक्त शहरका रूपमा हामी विकसित गर्छौं । तेस्रो, विराटनगरलाई स्पोर्ट्स हब बनाउछौं । वडा नं १९ मा रहेको क्रिकेट मैदानलाई पूर्णता दिँदै अन्तर्राष्ट्रिय खेलहरू खेलाउने वातावरण सिर्जना गर्छौं । स्पोर्ट्स एकेडमी बनाएर हामी नयाँ खेलाडी उत्पादनमा लाग्छौं । चौथो, नगरलाई स्वास्थ्य हब बनाउनेछौं । विपन्नहरूलाई स्वास्थ्यमा पहुँच नभएकाले अनिवार्य स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने र विपन्नहरूलाई निःशुल्क बीमा गरिदिने काम गर्छौं । पाँचौं, शिक्षामा सर्वसाधारणको पहुँच छैन । गरीब दुःखी पढ्ने सरकारी स्कूलले क्वालिटी शिक्षा दिन सकिरहेको छैन । निजी स्कूलहरूले सरकारी स्कूलसँग प्रतिस्पर्धा गर्नुपर्ने गरी सरकारी स्कूलको गुणस्तर हामी सुधार्छौं ।
त्यस्तै विराट राजाको नाममा विराटनगरको नाम रहन गएको हो । ती राजाको दरबार निर्माण गरेर हामी त्यसलाई धार्मिक स्थलको रूपमा विकसित गराउन चाहन्छौं । विराटधाम बनाउछौं ।
तपाईं भुइँमान्छे । तपाईंका प्रतिस्पर्धी यहाँका जमिन्दार हुनुहुँदो रहेछ । अनि चुनावमा पैसाको कुरा पनि आउँछ । कसरी प्रतिस्पर्धा गर्नुहुन्छ ?
आज यस देशका सम्पूर्ण महानगरपालिकामा मेयर लड्नेमध्ये सबभन्दा विपन्न मै हुँ । तर सबभन्दा सम्पन्न पनि म नै हुँ किनकि जनताको सुखदुःखसँग जोडिएको मान्छे हुँ । मसँग करोडौंको धन नहोला तर मसँग करोडौं मनहरू छन् । ती मनहरूले गरेको विश्वासलाई मैले बोेकेको छु । मैले उनीहरूलाई विश्वासघात गर्ने छैन । जनसम्पर्कको हिसाबमा म सबभन्दा धनी उम्मेदवार हुँ । मेरो एक पैसा पनि खर्च भएको छैन । म भुइँमान्छे भएकाले साथीहरूले सहयोग गरेर गाडी चढाउनुभएको छ । त्यसबाटै म घरदैलो गर्छु । चुनावमा पैसा व्यापक परिचालन भइरहेको छ तर मैले आजसम्म एक रुपैयाँ पनि खर्च गरेको छैन ।
प्रचारप्रसार खर्च कसले गरिदियो त ?
सम्बन्धित वार्डका साथीहरूले खर्च गरिरहनुभएको छ । १९ वटा वार्ड छन् । महानगरको मेयर उपमेयर त त्यही १९ वटा वार्डको जगमा टेकेर लड्नुपर्नेछ । चुनावमा पैसा पनि चाहिन्छ होला । तर मलाई पैसा दिन आउनेलाई पनि मलाई नभई पार्टीलाई पैसा दिनुस् भनें । मलाई सुझाव मात्र दिनुस् भनें । त्यस सुझावले विराटनगर बनाउने काममा सहयोग पुगोस् भनें । विराटनगरले देशलाई सातवटा प्रधानमन्त्री दिए पनि यहाँ किन विकास भएन ? विकासको अपनत्व भुइँमान्छेले पनि पाउनुपर्छ भन्छु म । विराटनगरमा धनी गरीब सबैखाले मान्छेले मानेको नेता म हुँ । सबै पार्टीका मान्छेले अनि स्वतन्त्रले समेत मलाई मात्र स्वीकार्छन् । म त सबैको कमन क्यान्डिडेट हुँ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला विराटनगर महानगरपालिकामा आफ्नो उम्मेदवार जिताउने भरमग्दुर प्रयासमा छन् । नागेश कोइरालाई उम्मेदवार बनाउन सम्पूर्ण शक्ति लगाएका कोइरालाई विराटनगरमा जीत निकाल्नु पार्टीभित्रै...
राजनीतिक र औद्योगिक शहरका रूपमा चिनिएको १ नम्बर प्रदेशको राजधानी विराटनगरले २०७९ वैशाख ३० गते भएको निर्वाचनबाट लामो राजनीतिक पृष्ठभूमि बोकेको परिवारका नागेश कोइरालालाई मेयर बनाएको छ । विराटनगरको बागडोर ...
नेपाली कांग्रेसको प्रभाव रहेको विराटनगर महानगरपालिकाको मेयरका लागि सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता नागेश कोइराला चुनावी मैदानमा छन् । कांग्रेस संस्थापक बीपी कोइराला, गिरिजा र अहिल...
जनकपुरधाम उपमहानगरपालिकामा पाँच वर्ष मेयर रहेका लालकिशोर साह नयाँ कार्यकालका लागि पुनः चुनावी मैदानमा उत्रेका छन् । दल परिवर्तन गरी जनता समाजवादी पार्टीमा प्रवेश गरेका साहलाई जनकपुरधाम उपमहानगरपालिकामा गठ...
२०७४ को स्थानीय तह चुनावमा खुलेर प्रचारसमेत गर्न नपाएको नेकपा एमालेले अहिले जनकपुर उपमहानगरपालिकामा सशक्त चुनावी प्रचार गरिरहेको छ । शहरदेखि गाउँसम्म एमालेको झण्डा र चुनाव चिह्न फहराइएका छन् । एमाल...
जनता समाजवादी पार्टीका कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवले गठबन्धनका घटक दलहरूबाट जसपाका उम्मेदवारलाई हराउनका लागि राजनीतिक षड्यन्त्र र बेइमानी भएको आरोप लगाएका छन् । लोकान्तरसँगको अन्तर्वार्तामा उनले गठब...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...