मंसिर २४, २०८०
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको निर्वाचनले एमाले अध्यक्ष केपी शर्मा ओलीको अहंकारलाई तोड्ने बताएका छन् । एमाले क्विन्टल नै भए पनि आलु र आफूहरू तोला नै भए पनि सुन भएको उनको टिप्पणी छ ।
सुनसरीको इटहरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले ओलीको अहंकारका कारण संविधान रक्षाका लागि दलहरूबीच गठबन्धन बनेको बताएका हुन् ।
‘एमालेसँग कांग्रेसको अन्तर २६/२७ सिटको मात्र हो । एमालेले २९३ सिट जित्दाको एमाले केबल पूर्व प्रधानमन्त्री ओली नेतृत्वको मात्र होइन, तीन पूर्व प्रधानमन्त्रीको नेतृत्वमा लडेको चुनाव हो,’ शर्माले भने, ‘त्यो जितमा अलिकति भाग झलनाथ खनालको पनि होला, अलिकति माधव नेपाल र पूर्व उपप्रधानमन्त्री वामदेवको पनि होला नि ।’
महामन्त्री शर्माले ओलीले भनेजस्तै एमाले क्विन्टल र अन्य दल किलोको भए पनि बजारमूल्य अरूको बढी रहेको बताए । ‘झापाली कमरेड ओलीले एमाले क्विन्टल र अरू एक–एक किलोको भन्नु भएको थियो । एमाले क्विन्टल नै हो । हामी एक–एक तोला हौं । सुनको मूल्य र आलुको मूल्य कति होला थाहा नपाए बजारमा गएर सोध्नु होला,’ शर्माले भने ।
यसअघि ओलीले गठबन्धनका दललाई एक–एक किलोको संज्ञा दिँदै एमाले एक्लै क्विन्टल भएको टिप्पणी गरेका थिए ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...