१० साउन २०८३, आइतबार

ओलीलाई विश्वप्रकाशको जवाफ- तपाईं क्विन्टल नै हो आलुको, हामी तोला हौं सुनको

बैशाख २६, २०७९
ओलीलाई विश्वप्रकाशको जवाफ- तपाईं क्विन्टल नै हो आलुको, हामी तोला हौं सुनको

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको निर्वाचनले एमाले अध्यक्ष केपी शर्मा ओलीको अहंकारलाई तोड्ने बताएका छन् । एमाले क्विन्टल नै भए पनि आलु र आफूहरू तोला नै भए पनि सुन भएको उनको टिप्पणी छ । 

सुनसरीको इटहरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले ओलीको अहंकारका कारण संविधान रक्षाका लागि दलहरूबीच गठबन्धन बनेको बताएका हुन् । 

‘एमालेसँग कांग्रेसको अन्तर २६/२७ सिटको मात्र हो । एमालेले २९३ सिट जित्दाको एमाले केबल पूर्व प्रधानमन्त्री ओली नेतृत्वको मात्र होइन, तीन पूर्व प्रधानमन्त्रीको नेतृत्वमा लडेको चुनाव हो,’ शर्माले भने, ‘त्यो जितमा अलिकति भाग झलनाथ खनालको पनि होला, अलिकति माधव नेपाल र पूर्व उपप्रधानमन्त्री वामदेवको पनि होला नि ।’ 

महामन्त्री शर्माले ओलीले भनेजस्तै एमाले क्विन्टल र अन्य दल किलोको भए पनि बजारमूल्य अरूको बढी रहेको बताए । ‘झापाली कमरेड ओलीले एमाले क्विन्टल र अरू एक–एक किलोको भन्नु भएको थियो । एमाले क्विन्टल नै हो । हामी एक–एक तोला हौं । सुनको मूल्य र आलुको मूल्य कति होला थाहा नपाए बजारमा गएर सोध्नु होला,’ शर्माले भने । 

यसअघि ओलीले गठबन्धनका दललाई एक–एक किलोको संज्ञा दिँदै एमाले एक्लै क्विन्टल भएको टिप्पणी गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्