×

NMB BANK
NIC ASIA

नक्कली चुरोट रोक्न माग

बैशाख २७, २०७९

NTC
Premier Steels

 चुरोटको चोरी पैठारी बढ्दा स्वदेशी उत्पादन मर्कामा परेको सम्बद्ध व्यवसायीले बताएका छन् । नक्कली चुरोट खुला रूपमै काठमाडौं, तराई भेगमा विक्री वितरण हुँदै आएको भन्दै यसलाई रोक्न उनीहरूले माग गरेका छन् ।

Muktinath Bank

चोरी पैठारीबाट ठूलो परिमाणमा राजस्व चुहावट भइरहेको व्यवसायीको भनाइ छ । स्वदेशी चुरोट उत्पादक कम्पनी सूर्य नेपालले कोभिड–१९ कम हुँदै गर्दा पर्यटक आउने क्रम बढेको र योसँगै गैरकानुनी रुपमा आयातित चुरोटको व्यापार पनि बढ्ने बताएको छ । कम्पनीका एक अधिकारीले बजारमा गैरकानूनी रूपमा (चोरी पैठारी) भित्रिएका चुरोटको विक्री वितरण हुँदै आएको बताए । ‘जसले गर्दा स्वदेशी उद्योगको उत्पादनले बजार र सरकारले राजस्व गुमाएको छ,’ उनले भने, ‘चोरी पैठारी नरोक्ने र कर पनि बढाउने हो भने गुट्खा जस्ता अन्य वस्तुको खपत बढ्ने र त्यसबाट राज्यलाई राजस्व प्राप्त हुँदैन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौंका बजारमा नक्कली चुरोटको विक्री बढेको पनि कम्पनीले उल्लेख गरेको छ । पर्यटकलाई लक्षित गरेर अन्तरराष्ट्रिय ब्रान्डका चुरोट अहिले बजारमा आएको ती अधिकारीले बताए । ‘कर बढाउँदा चुरोटको उपभोगमा पनि फरक आउँछ,’ उनले भने, ‘कर बढाउँदा सबै वस्तुस्थिति मूल्यांकन गरेर मात्र निर्णय गर्नुपर्छ भने अर्काेतर्फ राज्यले सुर्तीजन्य वस्तुमा एकतर्फी रूपमा कुनै निर्णय गर्न हुँदैन ।’


Advertisment
Nabil box
Kumari

स्वदेशी सुर्तीजन्य वस्तु उत्पादनको अवस्थालाई विश्लेषण गरेर मात्रै सरकारले नीति लिनुपर्ने बताइएको छ । सुर्तीजन्य वस्तुमा लागेको कर कम भनिए पनि सबैभन्दा बढी विक्री हुने सूर्य नेपालको पाइलट चुरोटमा ७० प्रतिशत कर तिर्नुपरेको उनले बताए । कर बढाउँदा चुरोटको मूल्य बढी हुने र यसले उपभोक्ता गुट्खाजस्ता अन्य सुर्तीजन्य वस्तुको उपभोगमा जाने र राजस्व संकलन पनि घट्ने उनले बताए ।

Vianet communication

यसैगरी नेपालमा २ तरीकाले चुरोटको गैरकानुनी व्यापार हुँदै आएको भन्दै उनले भने, ‘काठमाडौं, पोखरा लगायत ठूला शहरमा गैरकानूनी रूपमा अन्तरराष्ट्रिय ब्रान्डको व्यापार हुने र अर्को तर्फ सीमावर्ती क्षेत्रमा भारतबाट नेपाली ब्रान्डकै नक्कली चुरोट पैठारी भएको छ ।’ हाल चुरोटमा कुल विक्री मूल्यको ५५ देखि ७० प्रतिशतसम्म कर लाग्दै आएको छ । चुरोटमा अन्तःशुल्क, स्वास्थ्य जोखिम कर, मूल्य अभिवृद्धिकर, भन्सारलगायत कर लाग्छ । आर्थिक अभियान दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x