१२ असार २०८३, शुक्रबार

तरकारीदेखि मासुसम्म–दैनिक उपभोग्य वस्तुुको भाउ आकाशियो

बैशाख २७, २०७९
तरकारीदेखि मासुसम्म–दैनिक उपभोग्य वस्तुुको भाउ आकाशियो

स्थानीय  तहको  निर्वाचन  नजिकिँदै  गर्दा  बजारमा दैनिक अति आवश्यकीय उपभोग्य वस्तुुको भाउ आकाशिएको छ । तरकारी, मासु र इन्धनको पनि मूल्य वृद्धि भएको छ । खाने तेल, दाल, चामल, गेडागुडीलगायत  अन्य  खाद्यान्नको  मूल्य  वृद्धिले  भान्सा महँगिएको छ । सरकार  निर्वाचनमा  केन्द्रित  भएको  मौका  छोपी व्यापारीले विभिन्न बहानामा खाद्यवस्तुुको मूल्य बढाउन र कृत्रिम अभाव सिर्जना गर्न थालेका हुन् ।

 बजारमा    कालोबजारी    मौलाउँदासमेत    सरकारका जिम्मेवार निकाय रमिते बनेको आरोप उपभोक्ता अधिकारकर्मीले लगाउँदै आएका छन् । उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले बजारमा एलपी ग्यास उद्योग र थोक बिक्रेताबाटै कालोबजारी हुँदासमेत  बजार  अनुुगमनको  जिम्मेवार  निकाय  एक÷दुुईवटा खुद्रा पसलेलाई जरिवाना गरेको नाटक मात्रै गरेको आरोप लगाए ।   “युुक्रेन–रुसबीचको  युुद्धका  कारण  देखाउँदै  व्यापारीले पछिल्लो तीन महिनादेखि बजारमा हरेक सामानको भाउ अस्वाभाविक रूपमा महँगो भएको छ तर बजार अनुुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको बजारमा जुन तरिकाले बजारको हस्तक्षेपकारी अनुुगमन हुनुुपथ्र्यो, त्यो हुन सकेको छैन,” महर्जनले भने । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्