
शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि तयारी करिब अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ। जिल्ला जिल्लामा मतपत्र पुगिसकेका छन् भने मंगलबार रातिदेखि नै मौन अवधि सुरु हुँदैछ ।
कतिपयले कस्तो अवस्थामा मत बदर होला भनेर चासो राख्ने गरेका छन् ।
यसै सन्दर्भमा मत बदर हुने अवस्था यहाँ उल्लेख गरिएको छ ।
– सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको,
– औँठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिह्न बाहेक अन्य चिह्न वा छाप लगाई मत सङ्केत गरिएको,
– मत सङ्केत चिह्न नबुझिने गरी लतपतिएको वा च्यातिएको,
– उम्मेदवारको निर्वाचन चिह्न रहेको कोठामा मत सङ्केत नगरी अन्यत्र मत सङ्केत गरिएको,
– उम्मेदवार नरहेको निर्वाचन चिह्नमा मात्र मत सङ्केत गरिएको,
– कुनैपनि उम्मेदवारको निर्वाचन चिह्नमा मत सङ्केत नगरिएको,
– निर्वाचित गर्नुपर्ने संख्या भन्दा बढी उम्मेदवारको निर्वाचन चिह्न भएको कोठामा छुट्टा–छुट्टै मत सङ्केत गरिएको,
– मत संकेत नगरी मतदान अधिकृतलाई फिर्ता दिइएको,
– आयोगद्वारा निर्धारित मतपत्र बाहेक अन्य मतपत्रद्वारा मतदान गरिएको,
– मतपेटिका भन्दा बाहिर राखिएको,
– जाली मतपत्र ।