२७ जेठ २०८३, बुधबार

सवारी चालक अनुमतिपत्र पाउन सास्ती

बैशाख २७, २०७९
सवारी चालक अनुमतिपत्र पाउन सास्ती

बागलुङ नगरपालिका–३ भलाटाकुराका सुमन किसानले सवारी साधन चलाउन सिकेको दुई वर्ष भयो । उनको हातमा  सीप त छ तर त्यसको प्रयोग गर्ने अधिकार छैन । उनले सवारी साधन चलाउने अनुमतिपत्र (लाइसेन्स)को परीक्षा दिन पाएका छैनन् ।

महँगो शुल्क तिरेर सवारी साधन चलाउन सिकेका किसान आफ्नो मेहनत खेर जाने हो की भन्ने चिन्तामा छन् । बागलुङमा चार पाङ्ग्रे सवारी साधनका लागि सवारी चालक अनुमतिपत्रको परीक्षा नभएको १० वर्ष भयो । पोखरा, काठमाडौँ, बुटवललगायत सहरमा जाँदा एकै पटकमा लाइसेन्स बन्दैन । धेरै पटक धाउँदा खर्च धान्नै कठिन हुने उनको गुनासो छ । 

किसान जस्ता धेरैको अहिले यही समस्या छ । पछिल्लो समय स्वदेशमा होस् वा विदेशमा रोजगारीका लागि सवारी चालक अनुमतिपत्र अनिवार्य जस्तै भएको छ । लामो समय यातायात व्यवस्था विभागले परीक्षाको प्रबन्ध गर्न नसक्दा युवा समस्यामा छन् । यातायात व्यवस्था कार्यालय बागलुङले लामो समयदेखि लाइसेन्सको फार्म खुलाएको छैन । स्थानीय तह निर्वाचनका लागि उम्मेदवार घर दैलोमा मत माग्न पुग्दासमेत धेरैले यसबारे प्रश्न गर्ने गरेका छन् ।     

यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारसिंह थापाका अनुसार  २०६९ सालमा नयाँ मापदण्ड लागू भएदेखि दुई पाङ्ग्रे सवारी साधन बाहेकको सवारीचालक अनुमतिपत्र जारी भएको छैन । कोरोना महामारीको समयमा रोकिएको दुई पाङ्ग्रे सवारी साधन चालक अनुमतिपत्रको परीक्षा नियमित हुन नसक्दा सर्वसाधारण मर्कामा छन् ।
    चार पाङ्ग्रे सवारी साधनका लागि भने प्रयोगात्मक परीक्षा लिने मापदण्ड पुगेको संरचना बागलुङमा छैन । पटक पटक सरोकारवालाबीच मापदण्ड पुग्ने मैदानको खोजीका विषयमा छलफल भए भए पनि समस्या नसुल्झेको थापाले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्