
जर्मनीकी परराष्ट्रमन्त्री आन्नालेना बाएरबोकलाई सोमवार उप्परताल शहरमा अण्डा प्रहार गरिएको छ ।
चुनावी सभालाई सम्बोधन गरेकी बाएरबोकलाई एक महिलाले अण्डा प्रहार गरेकी हुन् ।
बाएरबोकको ग्रीन पार्टीले युक्रेन द्वन्द्वमा जर्मनीलाई पनि घिसार्न खोजेको आरोप लगाउँदै ती महिलाले अण्डा फ्याँकेकी हुन् ।
ग्रीन पार्टीकी उम्मेदवार मोना न्युबावरको समर्थनमा आयोजित सभामा बाएरबोकले भाषण गर्दा घटना भएको हो । घटनामा बाएरबोकले शान्त प्रतिक्रिया दिइन् । अण्डालाई छल्दै उनले सम्बोधन जारी राखिन् ।
सबैलाई आफ्नो विचार राख्ने स्वतन्त्रता रहेको तर विरोधको तरिका ठीक नभएको बाएरबोकले बताइन् ।
प्रहरीले अण्डा फ्याँक्ने महिलामाथि फौजदारी मुद्दा चलाएको छ ।
German Foreign Minister Annalena Baerbock was pelted with eggs at an election rally in the German city of Wuppertal
— Levi (@Levi_godman) May 9, 2022
The protesters accused the Green Party of fomenting war and trying to drag Germany into the conflict in Ukraine pic.twitter.com/LUp636bQI2