२८ जेठ २०८३, बिहीबार

जबर्जस्ती करणी आरोपमा एक जना पक्राउ

बैशाख २७, २०७९
जबर्जस्ती करणी आरोपमा एक जना पक्राउ

उदयपुरमा १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

प्रहरीले बेलका नगरपालिका-६ बस्ने २६ वर्षीय गणेश राईलाई सोमवार दिउँसो पक्राउ गरेको हो । 

किशोरीको घरमा कोही नभएको अवस्थामा राईले वैशाख ७ गते साँझ जबर्जस्ती करणी गरेको भन्ने जाहेरी परेपछि उनलाई सोही ठाउँको फक्टपुरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । 

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्