१५ असार २०८३, सोमबार

नरेन्द्र मोदीका सुरक्षाकर्मी ल्याएर भारतीय विमान गौतमबुद्ध विमानस्थलमा अवतरण

बैशाख २८, २०७९
नरेन्द्र मोदीका सुरक्षाकर्मी ल्याएर भारतीय विमान गौतमबुद्ध विमानस्थलमा अवतरण

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सुरक्षाकर्मी (स्पेसल प्रोटेक्सन गार्ड) लिएर विमान अवतरण भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी जेठ २ गते बुद्ध जयन्तीका दिन लुम्बिनी आउँदैछन् । मोदीको लुम्बिनी भ्रमणको सुरक्षा व्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मीलाई लिएर विमान आएको छ । विमान बुधवार बिहान आएको हो । 

यससँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने यो पहिलो अन्तर्राष्ट्रिय विमान हुन पुगेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलका प्रवक्ता श्यामकिशोर साहका अनुसार भारतीय वायुसेनाको इलुसियन विमान आईसी–७६ ले कूटनीतिक उडान गरेको छ ।

दिल्लीबाट सिधै भैरहवा आएको विमानमा एसपीजीको टोली आएको छ ।

मोदीको भ्रमण पूर्व सुरक्षा व्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी लुम्बिनी आइपुगेका छन् । उनीहरूलाई छाडेर विमान बुधवार फिर्ता जाने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता साहले बताए । 

salt training

कमेन्ट गर्नुहोस्