
ललितपुर, सुनसरी र बागलुङमा गरी तीन जना मृत फेला परेका छन् ।
ललितपुर, ललितपुर महानगरपालिका-८ बालकुमारी डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका ३२ वर्षीय नारायण सापकोटा मंगलवार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै सुनसरी, देवानगंज गाउँपालिका-४ पाल टोलस्थित मकैबारीमा हाल नाम, थर, वतन नखुलेका करीब ४० वर्षीय पुरुष मंगलवार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
बागलुङको बागलुङ नगरपालिका-१०, गलुवा बस्ने ४४ वर्षीय प्रेमबहादुर विक आफ्नै घरबाट करीब १० किलोमिटर टाढा भातेखोलाको किनारको जंगलमा मंगलवार मृत अवस्थामा फेला परेका छन् ।
वैशाख २० गतेदेखि घरबाट हराएका उनको खोजी गर्ने क्रममा उक्त जंगलमा शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।