११ साउन २०८३, सोमबार

इजरायली सेनाको कारवाहीमा मारिइन् अलजजीराकी पत्रकार

बैशाख २८, २०७९
इजरायली सेनाको कारवाहीमा मारिइन् अलजजीराकी पत्रकार

अलजजीरामा काम गर्ने पत्रकार शिरीन अबु अक्लेह पश्चिमी किनाराको जेनिन शहरमा इजरायली सेनाले चलाएको कारवाहीमा मारिएकी छन् । 

प्यालेस्टाइनी–अमेरिकी पत्रकार अक्लेहको मृत्यु बुधवार बिहान भएको हो । सशस्त्र प्यालेस्टाइनीहरू तथा इजरायल डिफेन्स फोर्सका सैनिकहरूबीच भिडन्त हुँदा उनी मारिएकी हुन् । 

उनको टाउकोमा गोली लागेको थियो भने अर्को पत्रकार अली सामूदीको ढाडमा गोली लागेको थियो । कुद्स पत्रिकाका सामूदीको स्वास्थ्य स्थिर छ ।

इजरायली सैनिकहरूले अक्लेहको हत्या गरेको आरोप प्यालेस्टाइनी स्वास्थ्य अधिकारीले लगाएका छन् । 

इजरायलका विभिन्न शहरमा आतंकवादी आक्रमण भएपछि इजरायली सैनिकहरूले पश्चिमी किनारमा गश्ती कारवाही बढाएका छन् । 

इजरायली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल रान कोहाभले अक्लेहको हत्या इजरायली सैनिकहरूले नगरेको बताए । प्यालेस्टाइनीहरूको गोली लागेर पत्रकार घाइते भएको वा मृत्यु भएको आकलन आफूहरूले गरेको इजरायली सेनाको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्