युक्रेनी सैनिकहरूका लागि हातहतियार लिएर आउने गाडीलाई युक्रेनी भूमिमा ध्वस्त पार्ने रुसका रक्षामन्त्री सर्गे शोइगुले बुधवार बताएका छन् ।
‘अमेरिका र नेटो साझेदारहरूले युक्रेनलाई लगातार हतियार दिँदै आएका छन् । युक्रेनमा आउने तथा युक्रेनी सैनिकहरूलाई हातहतियार उपलब्ध गराउने नेटोका सबै वाहन रुसका वैध निशाना हुन्,’ उनले बताए ।