
बैंक तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंकले सरकारले गरेको सातामा दुई दिन बिदा दिने कार्यान्वयन गर्ने व्यवस्था मिलाएको जानकारी दिएको छ ।
सरकारले आगामी १ जेठदेखि सातामा आइतबार पनि बिदा दिने निर्णय गरेको छ ।
सरकारले शनिबार र आइतबार गरी सातामा दुई दिन बिदा दिने निर्णय गरेपछि नेपाल राष्ट्र बैकले पनि बुधवार बैंक बिदा सम्बन्धि सूचना सार्वजनिक गरेको छ ।
उक्त सूचनामा अन्य दिन बिहान साढे ९ देखि साढे ५ बजेसम्म काम गर्ने भएको छ ।
शनिवार र आइतवार बिदा दिने भएपनि बिहान र साँझ आधा आधा घण्टाको कार्यालय समय बढाएको छ ।
यस्तो समय कात्तिक १६ देखि माघ १५ सम्म भने विहान साढे ९ देखि साझ साढे ४ बजेसम्म हुने गरी निर्णय गरेको राष्ट्र बैंकले जानकारी दिएको छ । कार्यालय समय थप भएसँगै बैंकिङ कारोबारको समय पनि साढे ९ देखि ४ बजेसम्म कायम गर्ने निर्णय राष्ट्र बैंकले गरेको छ ।

