
सर्वाेच्च अदालतमा विचाराधीन पुराना बक्यौता मुद्दा न्युनीकरणको कार्ययोजना बनाउन न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयोजकत्वमा रहेको मुद्दा व्यवस्थापन समितिलाई जिम्मेवारी दिइएको छ ।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको संयोजकत्वमा सबै न्यायाधीशसहित बसेको पूर्ण बैठकले कार्ययोजना बनाउने निर्णय गरेको हो ।
बैठकमा न्यायाधीश तिलप्रसाद श्रेष्ठले बक्यौता मुद्दा न्युनीकरण गर्ने र न्इायायिक सुधारका लागि चाल्नुपर्ने विविध उपायबारे प्रस्तुती गरेका थिए ।
प्रस्तुतीपछि न्यायाधीशहरूले आफ्नो विचार राखेका थिए । सुझावलाई व्यावहारिक कार्यान्वयनमा लैजान समितिलाई जिम्मा दिइएको छ ।