
दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा जीत निकालेको छ ।
मुम्बईमा बुधवार राति दिल्लीले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको हो ।
राजस्थानले दिएको १ सय ६१ रनको लक्ष्य दिल्लीले १८ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।
त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन जोडेको थियो ।
जीतसँगै दिल्लीले १२ खेलमा १२ अंक जोडेको छ ।
दिल्ली पाँचौं स्थानमा रहेको छ ।
राजस्थान १२ खेल १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।