०२ असार २०८३, मंगलबार

हेटौँडाको दुईवटा केन्द्रमा महिला मतदान अधिकृत

बैशाख २९, २०७९
हेटौँडाको दुईवटा केन्द्रमा महिला मतदान अधिकृत

शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि  हेटौँडाको दुई केन्द्रमा महिला मतदान अधिकृत खटिएका छन् । हेटौँडा उपमहानगरपालिकाका १९ वडामध्ये दुई केन्द्रमा महिला मतदान अधिकृतलाई खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयका सहायक निर्वाचन अधिकृत सागर शर्माका अनुसार वडा नं २ स्थित सिद्धार्थ मावि (घ)को मतदान केन्द्रमा मतदान अधिकृत विष्णुकुमारी लामिछाने र सहायक अधिृकत कृष्णकुमारी खरेल रहनुभएको छ भने वडा नं १२ स्थित महेन्द्र मावि पदमपोखरी (घ) को मतदान केन्द्रमा मतदान अधिकृत शान्तिमाया मोक्तान र सहायक मतदान अधिकृत अनुकुमारी लामा रहेका छन् । अन्य मतदान अधिकृतहरूमा भने पुरुष नै छन् । यहाँका सबै वडाको मतदान केन्द्रमा मतपत्रसहितको निर्वाचन टोली आइसकेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्