जेठ १३, २०७९
केही समय देखि कोभिडको कारणले सञ्चालन रोकिएको रुस्लान एफएम ९५.२ फेरि सञ्चालनमा आएको छ । गीतलाई मात्र प्राथमिकता दिने रुस्लान एफएमले नेपाली सङ्गीतकर्मीहरूलाई विशेष ठाउँ प्रदान गरी आइरहेको...
यामाहाको सर्वाधिक लोकप्रिय स्कुटर रेजेडआर १२५ स्ट्रीट र्याली भर्सन स्मार्ट ‘एक्स कनेक्ट’ फिचरसहित नेपाली बजार प्रवेश गरेको छ ।
नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले भृकुटीमण्डपस्थित कम्पनीद्वारा वैशाख १५-२१ सम्म आयोजित 'महा एक्सचेञ्ज मेला' को अवसर पारी स्कुटर सार्वजनिक गरेको हो ।
यामाहाको रेजेडआर १२५ एफआई विशेषगरी फ्यूल इफिसिएंसीलाई प्राथमिकतामा राखेर बनाइएको स्कुटर भए पनि रेजेड आर-१२५ अव स्मार्ट स्कुटरको रुपमा आएको कम्पनीले बताएको छ ।
‘फ्युल इन्जेक्सन’ (एफआई) प्रविधिको प्रवर्तक यामाहाले गत वर्ष सेप्टेम्बरमा नेपालमा यामाहा रेजेड आर १२५ एफआई पहिलो पटक सार्वजनिक गरेको थियो ।
कम्पनीको अनुसार रेजेड आर सामान्यतः प्रति लिटर ५८ किलोमिटर माइलेज प्रदान गर्ने बजारमा एक मात्र स्कुटर हो जसले न्यून इन्धनमा उच्चतम माइलेज प्रदान गरी अन्य स्कुटरको तुलनामा ३ वर्षको अवधिमा ९३,०००/- रुपियाँसम्म चालकलाई बचत गर्न मद्दत पुर्याउँने कम्पनीले जनाएको छ ।
उक्त स्कुटरको उच्चतम फ्यूल इफिसिएंसी लिखितमा मात्र दाबी नगरी कम्पनीले नियमित रूपमा र्याली आयोजना गर्ने गरेको बताएको छ ।
स्मार्ट 'कनेक्ट-एक्स' फिचर सुरु गर्न एन्ड्रोइड फोन प्रयोग गर्ने चालकले 'गुगल प्ले स्टोर' र 'एप्पल' को फोन प्रयोग गर्ने चालकले 'एप्पल'को 'एप स्टोर' मार्फत यामाहाको 'कनेक्ट-एक्स' एप डाउण्लोड गरी उक्त एपमार्फत आफ्नो मोबाइलफोन स्कुटरमा कनेक्ट गर्न सक्नेछन् । कम्पनीका अनुसार 'कनेक्ट-एक्स' एक्टिभेट गरेपछि चालकहरूले निम्न पाँच सुविधाहरू प्राप्त गर्न सक्नेछन् :
१. 'लोकेट माइ भिएकल' मार्फत् चालकले सहजै आफ्नो स्कुटर ‘लोकेट’ गर्न सक्नेछन् ।
२. 'हजार्ड' फिचरमार्फत् आकस्मिक अव्स्थाको बेला स्कुटरको चारै वटा इन्डिकेटरहरू बाली अन्य चालकहरूलाई सूचित गर्न सक्नेछन् ।
३. 'राइडिङ हिस्ट्री' मार्फत् स्कुटरसँग गरिएको प्रत्येक यात्राको विवरण हेर्न सक्नेछन् ।
४. 'पार्किङ रेकर्ड' मार्फत स्कुटर पार्क गरिएको स्थान सहजै पत्ता लगाउन सक्नेछन् ।
५. स्कुटर लोकेट गर्न नसकिएको अव्स्थामा 'एन्सर ब्याक' फिचर सेलेक्ट गर्दा स्कुटरको 'इन्डिकेटर' र 'हर्न' क्रमशः बल्ने र बज्ने भएकोले स्कुटर सजिलै ‘लोकेट’ गर्न सक्नेछन् ।
गत वर्ष बाइक इन्डिया अवार्डमा ‘स्कुटर अफ द इयर २०२१’ हासिल गरेको यस अल न्यू रेजेड आर १२५ फ्युल-इन्जेक्टेड र भारत स्टायाण्डर्ड ०६, एयर-कूल्ड, १२५ सीसी ब्लू कोर इन्जिनका साथ माइलेजमा थप सुधार र शक्तिशाली बनाइएको स्कुटर हो । जसले ६५०० आरपीएममा ८.२ पीएस पावर तथा ५००० आरपीएममा ९.७ एनएम टर्क जेनेरेट गर्छ ।
'काठमाडौँ रेजियर्स' फुटबल क्लबको टाइटल स्पन्सर समेत रहेको उक्त स्कुटर 'कनेक्ट -एक्स' फिचरपश्चात पनि पहिलेकै मूल्यमा उपलब्ध रहेको यामाहा नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजु क्षेत्रीले उल्लेख गरेका छन् ।
केही समय देखि कोभिडको कारणले सञ्चालन रोकिएको रुस्लान एफएम ९५.२ फेरि सञ्चालनमा आएको छ । गीतलाई मात्र प्राथमिकता दिने रुस्लान एफएमले नेपाली सङ्गीतकर्मीहरूलाई विशेष ठाउँ प्रदान गरी आइरहेको...
छोटो समयमा नै विश्व बजारमा चर्चित बनेको उल्फ एयर मास्क बजारमा नेपाली बजारमा सार्वजनिक गरिएको छ । कोरोना महामारीको बीच शुरू गरिएको उल्फ एयर मास्क अब नेपाली बजारमा पनि आएको हो । ...
नवरत्न आयल फ्रि हेड मसाज क्याम्प यस वर्ष पनि सञ्चालन गरिने भएको छ । विगतदेखि नै सञ्चालन हुँदै आएको मसाज क्याम्प यसपटक पनि नवरत्नले आयोजना गर्ने भएको हो । काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरहरु पोखर...
नेपालको अग्रणी अनलाइन बजार दराजले प्राउडली नेपाली – प्रमोटिङ नेपाली ब्रान्ड नामक आफ्नो नयाँ अभियान शुरू गरेको घोषणा गरेको छ । कम्पनीको अनुसार, विगत र वर्तमान नेपाली बजारमा उच्च गुणस्तरका...
नेपालको नम्बर एक गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–४ को टाइटल स्पोन्सरमा अग्रणी दुई पाङ्ग्रे सवारी ब्राण्ड ‘बजाज पल्सर’ अनुबन्ध भएको छ । बिहीवार काठमाण्डौमा आयोजि...
अनलाइनमार्फत बस टिकट काट्ने सुविधा दिँदै आएको बससेवा डटकमले स्थानीय तहको निर्वाचनलार्ई लक्षित गर्दै सञ्चालन गरेको उपहार योजनाका विजेताले सुनको असर्फी पाएका छन् । अनलाइन मार्फत टिकट बुकिङ्ग गर्ने तनहुँका नविन...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...