२४ असार २०८३, बुधबार

रुसले नोभोसेलोभ्का लियो नियन्त्रणमा, महत्त्वपूर्ण रणनीतिक लाभ

बैशाख २९, २०७९
रुसले नोभोसेलोभ्का लियो नियन्त्रणमा, महत्त्वपूर्ण रणनीतिक लाभ

रुसी सेनाले युक्रेनको डोनबास क्षेत्रमा रहेको नोभोसेलोभ्का नियन्त्रणमा लिएको त्यहाँका स्थानीयहरूले खबर दिएका छन् । 

हिजै मात्र रुसले शानद्रिगोलोभो पनि हात पारिसकेको छ । 

यसपछि रुस र उसका साझेदारहरूले त्यस क्षेत्रमा तैनाथ युक्रेनी सैनिकहरूलाई दुई भागमा विभाजन गर्न सफल भएका छन् । अब महत्त्वपूर्ण लाइमान क्षेत्रमा युक्रेनी सेनाले भारी उपकरण आपूर्ति गर्न नसक्ने भएको छ । 

स्लाभयान्स्क जाने बाटोको पुल ध्वस्त भइसकेको छ र त्यता जाने राजमार्गमा रुस र साझेदार सैनिकहरूले गोलीबारी गरिरहेका छन् । 

सेभेरोडोनेत्स्क लिसिचान्स्क क्षेत्र र वरिपरिका इलाकालाई रुसले पूर्ण घेराबन्दी गर्न लागेको छ । अब लिसिचान्स्क जाने एउटै बाटो आर्त्योमोव्स्क (बाखमुत) मार्फत बाँकी छ ।
 

salt training

कमेन्ट गर्नुहोस्