काठमाडौं १९ पुस — संसदमा जारी अबरोध अन्त्य गर्ने कि कायम राख्ने भन्ने बिषयमा छलफल गर्न विपक्षी गठबन्धनमा आबद्ध दलहरुको बैठक मंगलवार बस्दैछ ।

संसद भवन नयाँ वानेश्वरमा मध्यान्ह १२ बजेपछि बस्ने बैठकले विपक्षी रणनीति तय गर्नेछ । विपक्षी दल नेकपा मालेका सचेतक अइन्द्र सुन्दर नेम्वाङले विधेयक टेवल गर्न नदिने बताए ।
‘सर्वोच्च अदालतको आदेशको सम्मान गछौं, तर विधेयक टेवल गर्न दिदैनौ’ उनले लोकान्तरसँग भने । विपक्षी दलको बैठकका कारण विहान बसेको संसदको कार्यव्यबस्था समितिको बैठक निश्कर्षहीन भएको छ ।