
सर्लाहीमा झण्डै १४ किलो गाँजासहित एक जना पक्राउ परेका छन् ।
मलंगवा नगरपालिका-८ राजश्रीहल नजिक बस्ने १९ वर्षीय रुस्तमकुमार यादवलाई १३ किलो ९ सय ग्राम अवैध लागूऔषध गाँजासहित बुधवार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले शंका लागि उनलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।