जेठ १४, २०७९
नेकपा एमालेकी सांसद नबीना लामाले शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियत ऋण दिने कुरा सरकारको नीति तथा कार्यक्रममा किन नआएको भनेर प्रश्न गरेकी छिन् । प्रतिनिधि सभामा सरकारका नीति तथा कार्यक्रम माथिको जवाफ पछ...
काठमाडाैं | बैशाख २९, २०७९
नेकपा एमालेले चितवनमा आचारसंहिताविपरीत पूर्वप्रधानमन्त्री तथा मन्त्रीहरू मतदाता प्रभावित गर्ने कार्यमा संलग्न भएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले बिहीवार विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, श्रम तथा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठ किसान, मन्त्रिपरिषद्का राज्यमन्त्री उमेश श्रेष्ठलगायतले मौन अवधिको समयमा निर्वाचन आचारसंहिता उल्लंघन गर्दै मतदाता प्रभावित पार्ने कार्य गरेको भन्दै आयोगको ध्यानाकर्षण गराएका हुन् ।
साथै विज्ञप्तिमा भरतपुर महानगरपालिका र माडी नगरपालिकामा गठबन्धनका उम्मेदवारहरूको उम्मेदवारी रद्द गर्न माग समेत गरिएको छ ।
'राज्यको उच्च तहमा रहेका व्यक्तिहरूबाट नै यसप्रकारका कार्य हुनुले निर्वाचन निष्पक्ष हुनेमा गम्भीर शंका पैदा भएको छ । आचारसंहिता गम्भीर उल्लंघन गर्ने नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका भरतपुर महानगरपालिका र माडी नगरपालिकाका उम्मेदवारहरूको उम्मेदवारी रद्द गर्ने प्रक्रियासमेत अगाडि बढाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदछौं,' विज्ञप्तिमा भनिएको छ ।
भरतपुर र माडीमा माओवादी केन्द्रले प्रमुख र कांग्रेसले उपप्रमुखमा उम्मेदवारी दिएर तालमेल गरेका छन् ।
हेर्नुहोस्, विज्ञप्ति :
नेकपा एमालेकी सांसद नबीना लामाले शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियत ऋण दिने कुरा सरकारको नीति तथा कार्यक्रममा किन नआएको भनेर प्रश्न गरेकी छिन् । प्रतिनिधि सभामा सरकारका नीति तथा कार्यक्रम माथिको जवाफ पछ...
नेकपा एमालेका सांसद एवं पूर्व मन्त्री लालबाबु पण्डितले सातामा दुइ दिन सार्वजनिक विदा दिने निर्णय कसको फाइदाको लागि गरिएको भनेर प्रश्न गरेका छन् । सरकारका नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको जव...
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८३४ कैदीको कैद सजाय माफी मिनाहा गरेकी छन् । गणतन्त्र दिवसका अवसरमा सजाय माफी गरिएको राष्ट्रपति कार्यालयले जनाएको...
दुर्घटनामा घाइते भएकी चितवन भरतपुर महानगरकी मेयर रेनु दाहालको अवस्था खतरामुक्त रहेको छ । शुक्रवार दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज अगाडि गाडी दुर्घटनामा परेको थियो । टायर पञ्चर भ...
प्रतिनिधि सभाबाट सरकारका नीति तथा कार्यक्रम शनिवार पारित हुने भएको छ । आइतवार बजेट आउने भएपछि शनिवार नै सरकारका नीति कार्यक्रम पारित गर्न लागिएको हो । शनिवार बिहान ११ बजेपछि बस्ने पहिलो बैठकमा छलफल सम्पन्न ...
वरिष्ठ अधिवक्ता उपाधिका लागि फौजदारी अभियोग लागेकादेखि मापदण्ड पूरा नभएका अधिवक्ताहरूको समेत नाम सिफारिश भएको खुलेको छ । वरिष्ठ अधिवक्ता सिफारिशका लागि सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको नेत...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...